काठमाडौंको भृकुटीमण्डपमाजारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को पाँचौ दिन सम्म सीएफमोटोका मोटरसाइकल तथा स्कुटरको बुकिङले अपेक्षाभन्दा राम्रो प्रतिक्रिया पाएको छ।
एक्स्पो अवधिमा सीएफमोटोका विभिन्न मोडलमा उल्लेख्य संख्यामा बुकिङ भएको सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले जनाएको छ।

पाँच दिनको अवधिमा सीएफमोटो २५० डुअल ईएफआई ५७ युनिट, नयाँ डेकलसहितको ४५० एमटी ३२ युनिट र ग्राफिन ब्याट्रीयुक्त जिहो एई४ एसई २२ युनिट बुकिङ भएको छ।
सीएफमोटो २५० डुअल ईएफआईको बजार मूल्य ५ लाख ७४ हजार ९०० रुपैयाँ रहेको छ।
सो मोटरसाइकलमा २० हजार रुपैयाँ छुट, ५ वर्षको इन्जिन वारेन्टी, निःशुल्क एसेसरिज, हेल्मेट तथा ४ वटा निःशुल्क सर्भिस कुपन प्राप्त गर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, नयाँ डेकलसहितको सीएफमोटो ४५० एमटीको मूल्य १२ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ।
एक्स्पो अवधिमा यो मोटरसाइकल खरिद गर्ने ग्राहकलाई २० हजार रुपैयाँ छुट तथा निःशुल्क सीएफमोटो हेल्मेट उपलब्ध गराइएको छ।

