नाइमा मोबिलिटी एक्स्पोमा ५५ भन्दा बढी ब्रान्ड

नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम चरणमा पुगेको छ ।

एक्स्पोमा सहभागी हुने विभिन्न ब्रान्डका स्टल निर्माण तथा व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ।

एक्स्पोमा ५१ वटा स्टलमा ५५ भन्दा बढी ब्रान्ड सहभागी हुनेछन् भने ४० भन्दा बढी नयाँ मोडल तथा सवारीसाधन सार्वजनिक गर्ने तयारी गरिएको छ।

आयोजकका अनुसार एक्स्पोमा २० लाख रुपैयाँदेखि साढे ३ करोड रुपैयाँसम्म मूल्य पर्ने विद्युतीय सवारीसाधन प्रदर्शनीमा राखिनेछन् ।

दुई पाङ्ग्रे सवारीतर्फ १८ र चार पाङ्ग्रे सवारीतर्फ २९ नयाँ ब्रान्ड सार्वजनिक हुनेछन् ।

नयाँ मोडलका सवारीसाधनको लन्चिङ, विभिन्न ब्रान्डको सहभागिता, डिजिटल टिकटमा क्यासब्याक, फुड कोर्ट तथा अटो मोबाइल उद्योगसम्बन्धी ज्ञान आदानप्रदानका कार्यक्रम एक्स्पोका प्रमुख आकर्षण रहने आयोजकले जनाएको छ।

गत वर्षको एक्स्पोमा एक लाखभन्दा बढी आगन्तुकले अवलोकन गरेका थिए ।

यस पटक भने गत वर्षको तुलनामा अझ बढी आगन्तुक भित्र्याउने लक्ष्य आयोजकले लिएको छ।

स्टल निर्माण, पेन्टिङ, लाइटिङ तथा डेकोरेसनको काम तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *