काठमाडोंको भुकुटीमण्डपमा सवारी साधनको कुम्भ मेला नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ प्रारम्भ भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा दास्रोपटक मेला भएको हो, एक्सपो साउन २६ देखी ३१ सम्म चल्ने छ।
नाइमा संस्था शुरु भएको भर्खरै २ वर्ष पनि भएको छैन, यत्ती छोटो अवधिमा नै भव्य अटो आयोजनागर्नु निकै तुलो उपलब्धी हो । यसपटक नाइमाले देशकै ठुलो र भव्य अटो शोका लागि निकै मेहनत गरेको छ । भुकुटीमण्डपमा लगभग सबै स्थानहरू ओगटेर अझै फराकिलो ₹ व्यवस्थित बनाएको देखिन्छ।
नाइमा अध्यक्ष रितुसिंङ बैद्यले सबैलाई अटो एक्स्पोको दोस्रो संस्करणमा स्वागत गर्दै नेपालको मोबिलिटी क्षेत्रलाई अगाडि बढाउने उद्देश्यका साथ आयोजित एक्स्पो सफल पार्न सबैको सहयोगको अपेक्षा गरिन । गत बर्ष पहिलो पटक सुरुवात गर्दा २१ कम्पनी भएकोमा हाल २६ सदस्य कम्पनी भएको बताउदैँ बैद्यले नाइमाले नीति निर्माणका लागि आवश्यक पहल मात्र नगरी सडक सुरक्षा लगायतका कार्यहरु समेत गरिरहेको बताइन ।
सवारी साधनलाई लक्जरी र राजस्वको स्रोत मात्र नमानी यसका लागि स्थिर निती निर्माणका सार्थ सुरक्षित सडक, प्रभावकारी चार्जिङ पूर्वाधार, सिपयुक्त जनशक्तिको विकास लगायतका क्षेत्रमा सरकारसँग आवश्यक सहकार्य गर्ने कार्यमा नाइमा लागिरहेको उनले बताइन ।
यसै सन्दर्भमा नाइमा एक्स्पोको सन्दर्भमा समेत विभिन्न बिषयमा छलफल कार्यक्रम समेत हुने उनले जानकारी दिइन । यसकारण नाइमा नेपाल मोविलिटी एक्स्पोको गाडी बिक्रि गर्ने मात्र नभई मोबिलिटीको बारेमा छलफल र सबैलाई जानकारी उपलब्ध गराउने प्लेटर्फम समेत भएको उनले बताइन । एक्स्पो सबैका लागि उपलब्धिमूलक हुने अपेक्षा गरिन ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सवारी अनुसन्धान कायम गर्ने दायित्व बोकेको संगठनको हैसियतले मुलुकभर गुणस्तरीय सुरक्षित मापदण्डअनुसारका सवारी साधनको उपलब्धता निकै महत्वपुर्ण विषय भएको बताउदै सुरक्षाको विषय सबै क्षेत्रसँग जोडिने विषय भएको हुनाले अन्यन्त महत्वपूण भएको बताए ।
सडकमा गुड्ने प्रत्येक सवारी साधन जति सुरक्षित हुन्छन, त्यसमा सवार हुने सक्ने अवस्था रहने बताउदै उनले एक्स्पोमा गरिने विभिन्न कार्यक्रमहरुले सवारी उद्योग , नियामक निकाय र सुरक्षा निकायबीच अन्र्तरसंबाद बढाउने अवसरहरु प्रदान गर्ने विश्वास व्यक्त गरे ।