नाइमा एक्स्पोमा निःशुल्क पार्किङ

भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ को सबै तयारी पूरा भइरहेको छ ।

कम्पनीहरूले धमाधम नयाँ सवारीसाधन ल्याइरहेका छन् । मंगलबारबाट ३१ साउनसम्म एक्स्पो हुन लागेको छ ।

५५ वटा ब्रान्ड हुनेछन् । ४० प्रतिशतभन्दा बढी नयाँ ब्रान्ड सार्वजनिक गरिँदै छ ।

५३ वटा स्टल रहनेछन् । सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएकाले रसुवाको रसुवागढी नाकाबाट सवारी आयात बढेको छ । एक्स्पोमा सहभागी हुने एउटा ब्रान्ड बाटोमै अड्किएको छ ।

आयोजकका अनुसार एक्स्पोमा दुईपांग्रे, चारपांग्रे, कमर्सियल भेहिकल, इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी उत्पादन विशेष रूपमा समेटिएको छ ।

गत वर्षभन्दा धेरै मानेमा फरक र विशेष छ । एक्स्पोलाई कसरी राम्रो बनाउने भनेर हामी लागिपरेका छौं ।

प्रदर्शक र अवलोकनकर्ताबाट आएको सुझावका आधारमा एक्स्पोमा कसरी सम्बोधन गर्न सकिन्छ भनेर काम गरेका छौं । अहिले पानी पर्ने समय हो ।

एउटा हलबाट अर्को हलमा जाँदा नरुझी कसरी जान सकिन्छ भनेर त्यहीअनुसारको टेन्टको व्यवस्था गरेका छौं । गत वर्षजस्तै यो पटक पनि अटो शोलाई अपांगतामैत्री बनाएका छौं ।

पार्किङको समस्यालाई यो पटक नेपाल पुलिस क्लब परिसर नै एक्स्पो अवधिभरका लागि भाडामा लिएका छौं ।

जहाँ निःशुल्क पार्किङको व्यवस्था गरेका छौं । यस्तै शौचालयको व्यवस्था पनि पुलिस क्लबमै गरेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *