नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा हुन लागेको एक्स्पोमा ५२ वटा स्टल रहनेछन् । एक्स्पोमा दुईपांग्रे सवारीका १८ र चारपांग्रेका २९ नयाँ ब्रान्ड सार्वजनिक गरिँदै छ ।
‘पठाओले भृकुटीमण्डप आउन जान ‘सब्सिडाई फेयर’ दिनेछ, पार्किङमा गाडी लिएर आउन नपरोस् भनेर यस्तो गरेका हौं,’ संयोजक शारडाले भने, ‘टिकटमा क्यूआर कोड पार्टनर युनियन–पे छ, जसले ५ सयको टिकटमा क्यूआर स्क्यान गर्दा ५० प्रतिशत क्यास ब्याक दिनेछ ।’
आयोजकका अनुसार एक्स्पोमा दुईपांग्रे, चारपांग्रे, कमर्सियल भेहिकल, इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी उत्पादन विशेष रूपमा समेटिएको छ ।
यात्रुवाहक विद्युतीय गाडी पनि अवलोकनकर्ताले एक्स्पोमा देख्न पाउनेछन् ।