साँघुरा सडकका लागि BAW Brumby उपयुक्त

सात दशक बढिको लामो अटोमोबाइल इन्जिनियरिङको इतिहास बोकेको बेइजिङ अटो वर्क्सले नेपालमा शहरी विद्युतीय यातायातको नयाँ पुस्ताको अनुभव सँगै BAW E7 Pro ल्याउने भएको छ ।

इन्धनको बढ्दो मूल्य, वातावरणीय सचेतना, कम सञ्चालन खर्च तथा सरकारी प्रोत्साहनका कारण धेरै नेपाली उपभोक्ताहरूमाझ विद्युतीय सवारी सधान लोकप्रिय बन्दै गएका छन ।

इभी गाडी खरिद गर्दा अधिकांश ग्राहकले ब्याट्री क्षमता, एक पटक चार्जमा चल्ने दूरी, चार्जिङ समय वा मूल्यलाई मात्र प्राथमिकता दिने गरेता पनि समग्र सवारीको ड्राइभ प्रणाली पनि एक महत्वपूर्ण पक्ष हो ।

बेइजिङ अटो वर्क्सद्वारा विकसित BAW Brumby ले नेपालको बढ्दो इभी बजारमा आफ्नै विशिष्ट पहिचान बनाउन सफल भएको छ ।

यसको सबैभन्दा विशेष पक्ष भनेको रियर-ह्विल – ड्राइभ प्रणाली हो जसलाई मूल्य वर्गका कम्प्याक्ट विद्युतीय सवारीहरूमा विरलै पाउन सकिन्छ ।

सात दशक बढिको अटोमोबाइल इतिहास

बेइजिङ अटो वर्क्स  (BAW)  चीनका सबैभन्दा पुराना अटोमोबाइल उत्पादकमध्ये एक हो । सन् १९५१ मा स्थापना भएको यस कम्पनीले चीनको आधुनिक अटोमोबाइल उद्योगको विकासमा महत्वपूर्ण योगदान दिएको छ ।

सुरुआती चरणमा BAW ले सैनिक तथा सरकारी सवारी उत्पादन गरेर विशेष पहिचान बनाएको थियो । विशेषगरी BJ 212 अफ रोड गाडी कम्पनीको सबैभन्दा चर्चित मोडेलमध्ये एक मानिन्छ ।

कठिन भौगोलिक अवस्था र चुनौतीपूर्ण सडकमा चल्न सक्ने बलियो सवारी निर्माणको दशकौं लामो अनुभवले BAW लाई मजबुत इन्जिनियरिङ र विश्वसनीयताको प्रतीक बनाएको छ ।

समयसँगै कम्पनीले आधुनिक प्रविधिसँग आफ्नो इन्जिनियरिङ अनुभवलाई संयोजन गर्दै यात्रुवाहक सवारी, व्यावसायिक सवारी तथा नयाँ पुस्ताका विद्युतीय सवारीको विकासमा ठूलो लगानी गरेको जनाएको छ ।

आज BAW का उत्पादनहरू एशिया, अफ्रिका, मध्यपूर्व, दक्षिण अमेरिका लगायत विश्वका विभिन्न अन्तर्राष्ट्रिय बजारमा बिक्री भइरहेका छन् ।

सात दशकभन्दा बढीको अनुसन्धान, उत्पादन उत्कृष्टता तथा निरन्तर प्राविधिक नवप्रवर्तनले BAW लाई चीनका विश्वासिला अटोमोबाइल ब्रान्डमध्ये स्थापित गरेको छ ।

किन रियर-ह्विल-ड्राइभ महत्वपूर्ण ?

धेरैजसो कम्प्याक्ट कारहरूमा फ्रन्ट -ह्विल -ड्राइभ  (FWD) प्रणाली प्रयोग गरिन्छ, जसमा अगाडिका पाङ्ग्राले स्टेयरिङ र शक्ति दुवैको जिम्मेवारी वहन गर्छन् ।

तर BAW Brumby मा भने रियर-ह्विल -ड्राइभ (RWD) प्रणाली अपनाइएको छ, जहाँ शक्ति पछाडिका पाङ्ग्रामा पुग्छ भने अगाडिका पाङ्ग्रा केवल स्टेयरिङका लागि प्रयोग हुन्छन् ।

यस प्रविधिका धेरै व्यावहारिक फाइदाहरू पनि रहेका छन्।

पहिलो, यसले गाडीको तौल सन्तुलित रूपमा वितरण हुने भएकाले मोडमा गाडी बढी स्थिर र सन्तुलित हुन्छ । दोस्रो, उकालो सडकमा गाडीको ग्रिप अझ राम्रो हुन्छ ।

काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा तथा धरानजस्ता धेरै उकालो भएका शहरहरूमा पछाडिका पाङ्ग्राबाट शक्ति प्रवाह हुँदा गाडीलाई उकालोमा सहज रूपमा अघि बढाउन मद्दत मिल्छ ।

तेस्रो, अगाडिका पाङ्ग्राले केवल स्टेयरिङको काम गर्ने भएकाले स्टेयरिङ हलुका, सहज र बढी उत्तरदायी महसुस हुन्छ ।

चौथो, थप यात्रु वा सामान बोकेको अवस्थामा पनि गाडीको सन्तुलन राम्रो रहने भएकाले दैनिक पारिवारिक प्रयोग, कार्यालय आवतजावत तथा हल्का व्यावसायिक प्रयोजनका लागि पनि यो उपयुक्त हुन्छ ।

नेपालको सडकलाई ध्यानमा राखेर डिजाइन

काठमाडौं उपत्यकाको सडक संरचना विश्वका धेरै आधुनिक शहरभन्दा फरक छ । साँघुरा सडक, अत्यधिक ट्राफिक जाम, तीखा मोड, उकालो–ओरालो तथा सीमित पार्किङ स्थानका कारण यहाँका लागि कम्प्याक्ट, चुस्त तथा सहज रूपमा सञ्चालन गर्न सकिने सवारी आवश्यक हुन्छ ।

Brumby को सानो आकार र रियर-ह्विल- ड्राइभ प्रणालीको संयोजनले यसलाई यस्ता सडकका लागि निकै उपयुक्त बनाएको छ।

यसको सानो टर्निङ रेडियस, सहज पार्किङ, कम सञ्चालन खर्च तथा विद्युतीय मोटरबाट प्राप्त हुने तुरुन्तै टर्कले दैनिक शहरी यात्रा अझ सरल बनाउँछ ।

ग्राहकको सकारात्मक अनुभव

काठमाडौंका Brumby प्रयोगकर्ता रमेश अधिकारी आफ्नो अनुभव सुनाउँदै भन्नुहुन्छ, “सुरुमा मलाई कम्प्याक्ट EV ले उकालोमा राम्रो प्रदर्शन गर्छ कि गर्दैन भन्ने शंका थियो ।

तर Brumby चलाएपछि धापासीदेखि बुढानीलकण्ठसम्मको उकालो सडकमा यसको क्षमता निकै प्रभावशाली लाग्यो । यसको रियर-ह्विल-ड्राइभ प्रणालीले साँच्चिकै फरक अनुभव दिन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *