एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले प्रिमियम लाइफस्टाइल पिकअप ट्रक एमजी ‘यू९’ नेपाल ल्याउने तयारी गरिएको छ। नयाँ पिकअपलाई कम्पनीले आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्बजनिक गर्ने तयारी गरेको जनाइएको छ ।
प्रिमियम ईभी सेग्मेन्टलाई थप मजबुत बनाउने उद्देश्यले ल्याउन लागिएको यस पिकअपमा १०२.२ किलोवाट आवरको एलएफपी ब्याट्री जडान गरिएको छ । ३२५ किलोवाटको डुअल–मोटर रहेको यस गाडीले एक पटकको पूर्ण चार्जमा डब्लुएलटीपी मानक अनुसार ४३० किलोमिटरसम्मको रेन्ज दिन्छ । डिसि फास्ट चार्जिङ प्रविधिमार्फत यसको ब्याट्रीलाई १० मिनेटमै १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने यसको अधिकतम गति १८० किलोमिटर प्रतिघण्टा रहेको छ ।
इन्टेरियर र डिजाइनका हिसाबले अत्यन्तै विलासी मानिएको यो डबल क्याब पिकअप ५५०० एमएम लामो, १९९७ एमएम चौडा र १८६० एमएम अग्लो छ । ३३०० एमएम ह्वीलबेस, २२० एमएम ग्राउण्ड क्लियरेन्स र २० इन्चको ह्वील रहेको एमजी यू–९ को पेलोड क्षमता ११०० केजी र लोडिङ/टोइङ क्षमता ३५०० केजीसम्म छ ।
गाडीको भित्री भागमा १२.३ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, ८ वटा स्पिकरयुक्त जेबीएल अडियो सिस्टम र ६४ कलरको एम्बियन्ट लाइटिङ दिइएको छ । यसको फ्ल्यागशिप भेरियन्टमा चालकका लागि ८–वे इलेक्ट्रोनिक एडजस्टमेन्ट, भेन्टिलेसन, मसाज र मेमोरी फङ्सन जस्ता सुविधा समावेश छन् ।
सुरक्षाका लागि यसमा ३६० डिग्री एचडी क्यामेरा, एडाप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ र लेन किप असिस्ट जस्ता अत्याधुनिक एडभान्स ड्राइभर असिस्ट सिस्टम फिचरहरू रहेका छन् । साथै, यसमा रहेको भेइकल–टु–लोड प्रविधिमार्फत गाडीको ब्याट्रीबाटै अन्य विद्युतीय उपकरणहरूसमेत सञ्चालन गर्न सकिनेछ ।