निर्माण थालिएको ८१ महिनापछि नेपालकै पहिलो नागढुंगा (सिस्नेखोला सुरुङमार्ग भोलि (सोमबारदेखि) संचालनमा आउने भएको छ । करिब २१ अर्ब रुपैयाँ लगानीमा बनाइएको यो सुरुङ शिलान्यासको ८ वर्षपछि उद्घाटन गर्न लागिएको हो ।
आयोजनाको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्षले संयुक्त रूपमा गर्ने तयारी छ ।
आयोजनाका निर्देशक सौजन्य नेपालले पहिलो चरणमा आपत्कालीन सवारी साधनलाई मात्र सुरुङ खुला गरिने जानकारी दिए । उनका अनुसार सुरूमा सुरक्षामर्कीको गाडी, एम्बुलेन्स, दमकल लगायत गाडी मात्र गुड्न पाउने छन् । त्यसपछि तचरणबद्ध रूपमा अन्य निजी तथा सार्वजनिक सवारीका लागि खुला गरिने उनले बताए ।
उक्त सुरुङमार्ग जापानी निर्माण कम्पनी ‘हाज्मा आन्दो कर्पोरेसन’ ले २०७६ कात्तिक ४ देखि काम सुरू गरेको थियो । ४२ महिना भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको सुरुङ ८ वर्षमा संचालनमा आउने लागेको हो ।
नागढुंगा नौबिसे सुरुङमार्ग २ हजार ६८८ मिटर लामो सुरुङमार्ग संचालनमा आएसँगै नौबिसे नागढुंगा सडकमा सवारी आवतजावत सहज हुनुका साथै इन्धन खपत र समय बचत हुने अपेक्षा गरिएको छ।