सम्पूर्ण ग्राहकहरू पूर्ण रूपमा सन्तुष्ट हुनुहुन्छ – सन्तोष प्रसाईं,
CEO,Evergreen General Trading Pvt.Ltd.FEIDI Motors’, बागडोल, ललितपुर
सन्तोष प्रसाई एक कुशल व्यावसायिक मेकानिकल इन्जिनियर हुनुहुन्छ। साथै विगत २२ वर्षदेखि विभिन्न व्यवसायमा आबद्ध हुनुहुन्छ। सन् २०१९ बाट अटो व्यवसायमा पनि संलग्न हुनुभएका प्रसाई पछिल्लो समय निरन्तर अटो व्यवसायमा आबद्ध हुनुहुन्छ। हाल एभरग्रिन General Trading प्रालिको CEO को रूपमा कार्यरत प्रसाईं अटो सर्भिसबारे धेरै अनुभवी हुनुहुन्छ। प्रस्तुत छ, अटो व्यवसायबारे उहाँसँग गरिएको संक्षिप्त कुराकानी:
अटो व्यवसायमा कहिलेदेखि र कसरी आबद्ध हुनुभयो ?
हाम्रो व्यावसायिक यात्रा करिव २२ वर्षदेखि कृषि उद्योगसँग आधारित भएर सुरू भएको थियो। पछि पारिवारिक व्यवसायमा जोडिंदै जाने कममा विभिन्न पानी फयाक्ट्री, पानी प्याकेजिड फिल्टरिड मेसिन सप्लाई तथा विभिन्न किसिमका प्याकेजिड मेसिन सप्लाई गर्द अहिले फिल्टर फ्याक्ट्री र डेरी फयाक्ट्री व्यवसाय पनि गर्द आएका छाँ । नेपालमा पहिलो पटक एभरग्रिनको चिम्नी र सोलार हिटर व्यवसाय हामीले नै सुरू गरेका थियाँ।
विगत केही वर्षदेखि हामी अटो व्यवसायमा पनि संलग्न छौं। सन् २०१९ मा नेपालको पहिलो बिवाइडी (BYD) गाडीको प्रदेशस्तरीयडिलरसिप हामीले नै लिएका थियाँ। पछि सन् २०२१ देखि आफै गाडी ल्याउनुपर्छ भन्ने सोचका साथ यही ट्रक तथा प्यासेन्जर भ्यानको प्रोजेक्टलाई लिएर हाम्रो टिम अधि बढ्यो। अहिले अन्य व्यवसायहरुका साथसाथै व्यावसायिक रुपमा नै निरन्तर अटो व्यवसायलाई पनि अगाडि बढाएका छौं।
अहिले एभरग्रिनले कस्ता ब्रान्डहरू बजारमा ल्याएको छ?
म इन्जिनियरिडको विद्यार्थी भएको नाताले हेर्दा मैले अटो प्रोडक्टहरु, फलाम र मेसिनरीबारे रामरी बुझ्ने अवसर पाएको थिएँ। मैले नेपालमा राम्रै गाडी ल्याउनुपर्छ भन्ने लागेर चाइनाका धेरै बजार र कम्पनीहरुमा गहिरो अनुसन्धान गरी कुन कम्पनीले नेपालको माटो र बाटो सुहाउँदो गाडी बनाउन र दिन सक्छ भन्ने हिसाबले खोजी गरी अटो व्यवसायलाई अगाडि बढाएँ।
त्यसबेला हाम्रो चाइनाको ठूलो अटोमोबाइल कम्पनी उझाङ ग्रुप अफ कम्पनी (Wuzheng Group) सँग भेट भयो । अहिले त्यसै कम्पनी अन्तर्गतको फेदी मोटर्स (Feidi Motors) कम्पनीबाट ‘फेदी (Feidi) ब्रान्डका ट्रक, माइक्रोट्रक र टिपरजस्ता विभिन्न सवारी साधनका मोडेलहरु नेपाली बजारमा ल्याएका छौं।
साथै, चाइनाको प्रदेश सरकारको लगानीमा स्थापित त्यहाँको एक ठूलो कम्पनी वुलिड अटोमोबाइल (Wuling Automobile) ब्रान्डका अत्यन्तै आरामदायी तथा सुरक्षित १२ देखि १६ सिटसम्मका माइक्रो भ्यानहरु पनि बजारमा ल्याई बिक्री वितरण गरिरहेका छाँ।
नेपालमा समग्र इभी सवारी साधनको बजारलाई कसरी नियालिरहनुभएको छ ?
नेपालमा पछिल्लो समय इभीको बजार निकै नै विस्तार भएको छ। यो विषयमा व्यक्तिगत रुपमा भन्नुभन्दा पनि विभिन्न अन्तर्राष्ट्रिय तथ्यांकहरुले देखाइसकेका छन् । अन्तर्राष्ट्रिय तथ्यांकअनुसार नेपाल इभी सवारी साधन अनुकूलन गर्नेहरुमध्ये दोस्रो ठूलो देशको रुपमा देखिएको छ।
नेपालमा नयाँ उत्पादनलाई छिट्टै आत्मसात (अनुकूलन) गर्ने प्रचलन पनि बढी नै छ । हामी नेपालीहरु सवारी साधनको मूल्य जति नै महँगो अर्थात् सस्तो होस्, नयाँ प्रविधि र ब्रान्ड भनेपछि प्रयोग गरिहाल्ने स्वभावका छौं । त्यसैले अहिलेको समयमा नेपालमा समग्र इभी सवारी साधनको भविष्य अत्यन्तै प्रभावकारी, उज्यालो र विश्वसनीय देखिन्छ ।
नेपालमा इभी गाडी आयात गर्ने कम्पनीहरू धेरै छन् तर यहाँहरुले ट्रकको आयातलाई विशेष प्राथमिकता दिनुभएको छ, कारण के हो?
नेपाली बजारमा इभी भ्यानसँगै इभी ट्रकहरुको पनि माग तीव्र रुपमा बढदै गएको छ। अहिले भर्खरै मात्र हामीले बजारमा १० वटा ट्रकको सफल डेलिभरी गरिसकेका छौं र अरु थप ट्रकहरुको माग पनि लगातार बढिरहेको छ। ग्राहकहरुको उच्च मागका कारण कसलाई पहिले गाडी दिने भन्ने निर्णय गर्न समेत हामीलाई गाह्रो भइरहेको छ।
अहिले नेपाली व्यवसायी तथा चालकहरूमा एक किसिमको नयाँ उत्साह छ । डिजेल ट्रकहरु मात्र कति चलाउने, नयाँ प्रविधिको इभी ट्रक प्रयोग गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी र चाहना बढिरहेको देखिन्छ। त्यसैले विद्युतीय भ्यान मात्र नभएर नेपालमा विद्युतीय ट्रकको पनि ठूलो आवश्यकता महसुस गरी हामीले यसको आयातलाई विशेष प्राथमिकता दिएका हौं।
त्योभन्दा पनि मुख्य कुरा, हाम्रा ट्रकहरु नेपालको भूगोल र बाटो सुहाउँदा छन्। नेपालको जस्तोसुकै कठिन ठाउँ र सडकमा पनि यी ट्रकहरु सजिलैसँग जान सक्ने क्षमताका छन्। यही प्राविधिक सबलता र भरोसाका कारण हामी इभी ट्रकको क्षेत्रमा नेपालकै ‘नम्बर वान बन्ने स्पष्ट लक्ष्यका साथ अगाडि बढेका छौं।
अहिले कस्ता किसिमका ट्रक मोडेलहरु नेपाली बजारमा आएका छन् ?
चाइनाको ठूलो कम्पनी उझाङ ग्रुप अफ कम्पनी अन्तर्गतको फेदी मोटर कम्पनीबाट हामीले ट्रक, माइक्रोट्रक र टिपरजस्ता विभिन्न मोडेलहरु नेपाली बजारमा ल्याएका छौं र थप मोडेलहरु पनि ल्याउने तयारी गरेका छौं। यसबाहेक आउँदो वर्ष हामीले विभिन्न रेन्ज तथा भेरियन्टका ट्रकका मोडेलहरु पनि भित्र्याउने योजना बनाएका छौं।
अहिले बजारमा हामीसँग १०.१९५ टन र १७.२ टन GVW का ट्रक मोडेलहरु उपलब्ध छन्। आउँदो वर्ष हामी योभन्दा साना आकारका ट्रकहरु पनि ल्याउँदै छौं। त्यसपछि हामीसँग सामान ढुवानी गर्ने ट्रकहरुको पूर्ण सेग्मेन्ट नै उपलब्ध हुनेछ।
अहिले कम्पनीमा उपलब्ध ट्रक मोडेलको मूल्य कति निर्धारण गरिएको छ?
अहिले हामीसँग १०.१९५ टन GVW क्षमताको ट्रक छ। यो ट्रक १६ फिट लामो डाला र २० फिट लामो डाला गरी दुईवटा विकल्पमा उपलब्ध छ, जसको मूल्य क्रमशः ८० लाख र ८२ लाख रूपैयाँ निर्धारण गरिएको छ।
त्यस्तै, १०.१९५ टन GVW कै चिलर (रेफ्रिजेरेटेड) गाडी पनि उपलब्ध छ, जसको मूल्य ९५ लाख रूपैयाँ तोकिएको छ। यो चिलर गाडीमध्ये २ वटा गाडी अहिले नेपालका सडकमा गुडिरहेका छन् र ग्राहकहरुवाट एकदमै राम्रो प्रतिक्रिया आएको छ ।
आउँदो वर्षदेखि हामीसँग ट्रकका अन्य नयाँ फरक मोडेलका भेरियन्टहरु पनि आउँदै छन् । साथै, हामी छिट्टै नै नेपालको पहिलो १० टन पेलोड क्षमता भएको ठूलो ट्रक पनि सार्वजनिक गर्ने अन्तिम तयारीमा छौं।
ट्रकको मूल्य गत सालको तुलनामा केही महँगो भएर आए जस्तो लाग्यो ? यस विषयमा के भन्नुहुन्छ ?
अधिल्लो सालभन्दा यसपालि डलरको मूल्य बढेसंगै ट्रकको मूल्यदरमा पनि केही हेरफेर भएको छ। तर सन्तोषजनक कुरा के छ भने मूल्यमा केही उतारचढाप भए पनि हाम्रो ट्रकको बिक्रिदरमा वृद्धि नै भइरहेको छ। अर्को कुरा, विश्वव्यापी रुपमा डिजेल-पेट्रोलको भाउ बढेसँगै ढुवानी भाडादर पनि बढेको छ।
कारखानादेखि नेपाल बोर्डरसम्म ट्रकहरु बोकेर ल्याउने (ट्रेलर) भाडादर नै करिब ४० प्रतिशतले बढेको छ। यस्तो अवस्थामा पनि हामीले हदैसम्म कम मार्जिन राखेर ग्राहकका लागि मूल्य सस्तो र सुलभ बनाउन सक्दो कोशिस गरिरहेका छौं।
यस इभी ट्रकलाई खरिद गर्न चाहने प्रयोगकर्तालाई खरिद प्रक्रियामा कसरी सहजीकरण गर्नहुन्छ ?
गत वर्षसम्म ६०:४० को रेसियोमा बैंकिङ फन्डिड हुने गर्थ्यो; जसमा ४० प्रतिशत डाउनपेमेन्ट प्रयोगकर्ताले तिर्नुपर्ने र ६० प्रतिशत बैंकले फाइनान्सिड गर्ने पद्धति थियो । यसपालि यसमा केही सकारात्मक परिवर्तन (सहुलियत) होला कि भन्ने हाम्रो अपेक्षा थियो, तर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा यति ठूला कमर्सियल ट्रकहरुलाई ‘ठूला इभी’ (सार्वजनिक यातायातका बस जस्तै) को रुपमा हेरिदिएन । त्यसैले यो
मौद्रिक नीतिले इभी ट्रकहरुका लागि खासै थप सुविधा दिएको पाइएन ।
तर मैले व्यक्तिगत रुपमा नेपाल राष्ट्र बैकका उच्च अधिकारी र प्रतिनिधिहरूसँग कुरा गर्दा उहाँहरुले, नेपालमा इभी ट्रक पनि यति ठूलो साइज र क्षमताका आइसकेका छन् र ? यो त हामीलाई थाहा नै थिएन, हामी यस विषयमा पक्कै विचार गछौं भन्नुभएको छ। त्यसैले आशा गरौं, आगामी दिनमा इभी ट्रकका लागि पनि बैंक लोनमा केही विशेष सुविधा पाइनेछ । यदि राष्ट्र बैंकले यसलाई सम्बोधन गरेर ठूला विद्युतीय सवारी साधनसरह मान्यता दिएमा लोनको रेसियो बढेर ६० देखि ८० प्रतिशतसम्म पुग्न सक्छ, जसले गर्दा व्यवसायीहरलाई डाउनपेमेन्ट गर्न धेरै सहज हुनेछ।
यो ट्रकको मुख्य विशेषताहरू के-के छन् ?
यी फेदी ब्रान्डका ट्रकहरु चिनियाँ बजारमा विशेष गरी कृषि तथा औद्योगिक ढुवानीका लागि एकदमै चर्चित र स्थापित ब्रान्ड हुन् । यसले हिलो, मैलो, धूलो र कच्ची सडकमा पनि एकदमै राम्रो र भरपर्दो काम गर्न सक्छ। नेपालको भूगोल र बाटोका लागि पनि यस्तै प्रकारको बलियो ट्रक उपयुक्त हुन्छ भन्ने लागेर हामीले यसलाई नेपाली बजारमा भित्र्याएका हौं।
यसको मुख्य प्राविधिक विशेषता भनेकै यसमा विश्वकै नम्बर वान ब्याट्री निर्माता कम्पनी सीएटीएल (CATL) को ब्याट्री प्रयोग गरिएको छ । वारेन्टीको कुरा गर्दा हामीले कम्पनीको तर्फबाट यसमा ६ वर्षसम्मको पूर्ण वारेन्टी उपलब्ध गराएका छौं।
सबैभन्दा बलियो पक्ष, हाम्रा ट्रकहरूमा जडानगरिएको मोटरले १०,००० NM देखि २०,००० NM सम्मको शक्तिशाली टर्क उत्पन्न गर्छ, जसका कारण नेपालका जस्तोसुकै अष्ठ्यारा र भिराला पहाडी बाटाहरूमा पनि यी ट्रकहरु पूर्ण लोडका साथ सजिलै चढ्न सक्छन्।
हाम्रा ट्रकका च्यासिस, बडी आदि बजारमा भएका अन्य ट्रकहरुको तुलनामा एकदमै हेभी ड्युटी छन्, जुन नेपालको वाटोका लागि एकदमै उपयुक्त छन्। हरेक ठूला इभी ट्रकहरूमा गियर रेसियोको ठूलो भूमिका हुन्छ। यस फेदी ट्रकमा भएको गियर रेसियो नेपालको उकालो-ओरालो र कच्ची बाटोलाई नै सुहाउने गरी विशेष रुपमा डिजाइन गरिएको छ, जसले गर्दा गाडी उकालोमा तान्दैन कि भन्ने कुनै डर हुँदैन।
यी ट्रकहरूको रेन्ज र चार्जिड समयबारे पनि बताइदिनुहोस न ?
यी ट्रकहरूमा अरु नयाँ आउने ट्रकको तुलनामा ५० प्रतिशतसम्मको उकालो (Gradient) चढन सक्ने उत्कृष्ट क्षमता छ। विशेष गरी, हाम्रा ट्रकहरुले ४० किलोमिटर प्रतिघन्टाको गतिमा १८ डिग्रीभन्दा बढीको ठाडो उकालो पनि सहजै पार गर्न सक्छन्।
रेन्जको कुरा गर्दा, यसको प्राविधिक रेन्ज २६० किलोमिटर छ। तर, व्यावहारिक रुपमा हाम्रा ग्राहक एवं प्रयोगकर्ताहरुले प्लेन रोडमा यसलाई परीक्षण गर्दा २७५ किलोमिटरसम्मको उत्कृष्ट रेन्ज दिएको अनुभव र प्रतिक्रिया हामीलाई सुनाउनुभएको छ।
यसको चार्जिड समय भने गाडीमा प्रयोग गरिएको ब्याट्री र चार्ज गर्ने मेसिनको क्षमतामा निर्भर रहन्छ । सामान्यतया, यो ट्रकको ब्याट्रीलाई २० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न मात्र ३० मिनेट लाग्छ भने शून्यदेखि फुल चार्ज (१०० प्रतिशत) हुनुका लागि १ घण्टाको समय लाग्छ। चार्जिड नेटवर्कका लागि बजारमा पाइने जुनसुकै जीबी/टी (GB/T) गन भएको चार्जरले यसलाई सजिलै चार्ज गर्न सकिन्छ । अहिले यस्ता चार्जरहरु बजारमा हरेक २० किलोमिटरको दूरीमा सजिलै उपलब्ध छन्।
तपाईले बेचेका ट्रकका स्पेयर पाट्र्स कसरी उपलब्ध गराउनुहुन्छ ?
एभरग्रिनले बजारमा बिक्री-वितरण गरेका सबै ब्रान्डका सवारी साधनहरुका धेरैजसो मुख्य स्पेयर पाट्र्सहरु कम्पनी आफले नै उत्पादन गर्ने गरेको छ । त्यसैले यसको उपलब्धतामा ग्राहकहरूले कुनै पनि किसिमको दुविधा वा चिन्ता लिनु पर्दैन । स्पेयर पाट्र्स कम्पनी आफैले व्यवस्था र उत्पादन गर्ने हुँदा यो बजारमा सजिलै र सस्तोमा प्राप्त गर्न सकिन्छ। मेरो व्यक्तिगत विचारमा, गाडी बेच्ने हरेक कम्पनीले शतप्रतिशत आफनो ब्रान्डको स्पेयर पाट्र्स निर्माण वा उपलब्ध गराउन सक्नुपर्छ ।
आफनो ब्रान्डको आवश्यक पार्टस र बिक्रीपछिको सेवा (After Sales Service) सुनिश्चित गर्न नसक्ने कम्पनीले गाडी बजारमा ल्याउनु नै हुँदैन जस्तो मलाई लाग्छ। कुनै पनि ब्रान्ड बजारमा ल्याएपछि त्यसको पाट्र्स र भरपर्दो सर्भिस दिनु कम्पनीको पहिलो दायित्व हो भन्ने मान्यता एभरग्रिनको छ। सोहीअनुसार हामीले हाम्रा सबै ब्रान्डहरुको पाट्र्स पूर्ण रुपमा उपलब्ध गराई अत्यन्तै विश्वसनीय सर्भिस प्रदान गर्दै आएका छौं।
नेपालमा इभी सवारी साधनहरू आयात गर्दा वा प्रयोग गर्दा कस्ता समस्या र चुनौती देखिएका छन् ?
नेपालमा इभी सवारी साधनहरु आयात गर्दा वा व्यावहारिक रुपमा प्रयोग गर्दा दुवै नीतिगत र प्राविधिक समस्या एवं चुनौतीहरु भोग्नुपरिरहेको छ । पहिलो कुरा, नेपालमा अभै पनि इभी सवारी सिट नं को आधारमा वर्गीकरण गरी भन्सार एवं मूल्य निर्धारण साधनहरुलाई विश्वसनीय तरिकाले परिभाषित गरिएको छैन र यिनीहरुको क्षमताअनुसार उपयुक्त वर्गीकरण पनि हुन सकेको छैन। सरकार र अटो क्षेत्रका विज्ञहरूले यस विषयमा गम्भीर चासो दिनु जरूरी छ। त्यस्तै, नेपालमा धेरैजसो कम्पनीहरूसँग पर्याप्त स्टक र व्याकअप हुँदैन। कुनै पार्ट्र्स वा गाडी तत्कालै बिग्रियो भने त्यसलाई प्रतिस्थापन गर्न स्टकको अभाव देखिन्छ ।
दोस्रोकुरा, नेपालमा विभिन्न कम्पनीहरले थुप्रै ब्रान्डका इभीहरु भित्र्याएका त छन्, तर विडम्बना के छ भने कुनै पनि सवारी साधनलाई वैज्ञानिक र प्राविधिक तरिकाले परीक्षण गर्ने आधिकारिक पद्धति र मापदण्ड नै बनेको देखिंदैन। अन्तर्राष्ट्रिय बजारमा वैज्ञानिक प्रविधिवाट बनेका इभी गाडीहरु नेपाल आइपुग्दा यहाँ अवैज्ञानिक तरिकाले (पुरानै शैलीमा) परीक्षण गरिन्छ । यसले गर्दा गाडीको वास्तविक क्षमता बजारमा आउनै सक्दैन । यस्ता गम्भीर समस्याको समाधानका लागि सरकार र सम्बन्धित निकायहरुको समयमै ध्यान जानु आवश्यक छ।
अटो क्षेत्रलाई लिएर नयाँ सरकारसेंग के अपेक्षा छ र सरकारलाई के भन्न चाहनुहुन्छ ?
नेपाल सरकारले इलेक्ट्रिक बसका लागि त सिट संख्याको आधारमा भन्सार दरबन्दी (Duty Structure) र वर्गीकरण निर्धारण गरिदियो, तर ट्रकको सन्दर्भमा भने यस्तो कुनै स्पष्ट व्यवस्था गरेन । जबकी, बसभन्दा बढी गुड्ने र इन्धन खपतका कारण बढी प्रदूषण गराउने साधन ट्रक नै हो। बसको त एउटा निश्चित रूट र गन्तव्य तोकिएको हुन्छ र त्यसमा यात्रु मात्र बोकिने हुँदा पेलोड पनि कम हुन्छ। तर, ढुवानीमा प्रयोग हुने ट्रकहरूमा ५ टन, १० टन, १२ टन, १७ टन, २० टन र २१ टन आदिका विविध पेलोड र वजन क्षमताहरु हुन्छन्।
बसलाई सिट संख्याको आधारमा विभाजन गरिए जस्तै ट्रकलाई पनि पेलोड र क्षमताको आधारमा वर्गीकरण गरी भन्सार एवं मूल्य निर्धारण गरिदिएको भए धेरै उपयुक्त हुन्थ्यो। साना पेलोड भएका ट्रकहरूले थोरै र ठूला पेलोड भएका ट्रकहरुले सोहीअनुसारको न्यायोचित भन्सार ड्युटी तिर्ने व्यवस्था भएको भए व्यवसायीहरूमा पनि अझ ठूला र बढी क्षमताका इभी ट्रकहरु खरिद गरेर ढुवानी कार्यलाई फराकिलो बनाउने उत्साह जाग्थ्यो । तर, अहिलेसम्म यस्तो व्यवस्था हुन नसक्नु दुःखको कुरा हो।
मेरो सरकारसँग यो छापा मिडियामार्फत यही विशेष आग्रह छ कि यस विषयलाई सरकारले तुरून्तै गम्भीरताका साथ लिएर सम्बोधन गरोस् । जसरी इभी बसलाई सिट संख्याअनुसार वर्गीकरण गरेर विशेष सहुलियत र मूल्य निर्धारणको व्यवस्था गरिएको छ, त्यसै गरी इभी ट्रकहरुलाई पनि तिनीहरुको GVW -Gross Vehicle Weight को आधारमा वैज्ञानिक रुपमा वर्गीकरण गरी भन्सार दरबन्दी र नयाँ नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याउन म जोडदार माग गर्दछु।
अन्त्यमा के भन्नुहुन्छ ?
अन्त्यमा, म सम्पूर्ण ग्राहक महानुभावहरू तथा ढुवानी व्यवसायीहरुलाई एभरग्रिनले आयात गरेका फेदी र उलिड ब्रान्डका सवारी साधनहरु ढुक्क भएर प्रयोग गर्न हार्दिक आग्रह गर्दछु । हाम्रा सबै उत्पादनहरु पूर्ण रुपमा गुणस्तरीय, अत्याधुनिक, भरपर्दा र नेपाली बाटो सुहाउँदा छन्।
अहिलेसम्म हाम्रा ब्रान्डहरु प्रयोग गर्ने सम्पूर्ण ग्राहकहरु पूर्ण रुपमा सन्तुष्ट हुनुहुन्छ र बजारबाट अत्यन्तै सकारात्मक प्रतिक्रिया आइरहेको छ। ग्राहकवर्गको यही अटुट विश्वास र सकारात्मक प्रतिक्रियाले नै हाम्रो कम्पनीलाई आगामी दिनमा अझ सशक्त, जिम्मेवार र उत्कृष्ट सेवा प्रदान गर्न निरन्तर ऊर्जा दिइरहेको महसुस मैले गरेको छु ।