टीभीएस अपाचेद्धारा नयाँ कीर्तिमान कायम

टीभीएसको लोकप्रिय सिरिज अपाचेले विश्वव्यापी बजारमा एक नयाँ र ऐतिहासिक सफलता पाएको छ ।
कम्पनीले आफ्नो ७० लाखौँ उत्पादनको रूपमा विशेष कालो रङको अपाचे आरआर३१० सुपरस्पोर्ट बाइकलाई एक भव्य समारोहका बीच ग्राहकलाई हस्तान्तरण गर्दै यस उत्सवलाई विशेष बनाएको छ ।

अपाचे सिरिजलाई शून्यबाट ७० लाखको यो उचाइसम्म पुग्न कुल २० वर्षको लामो यात्रा तय गर्नु परेको थियो । पछिल्लो समय यसको लोकप्रियता सगौ २ वर्षको छोटो अवधिमा २० लाख युनिट अपाचे बाइकहरू बिक्री भइसकेका छन ।

कम्पनीले सन् २०२३ मा ५० लाख बिक्रीको उत्सव मनाएको थियो भने सन् २०२५ मा ६० लाखको आँकडा पार गर्दै सन् २०२६ मा ७० लाखको ऐतिहासिक रेकर्ड राख्न सफल भएको हो ।

टीभीएसका अनुसार, बाइकको पर्फर्मेन्स र राइडिङ कल्चर मन पराउने चालकहरूको आफ्नै एउटा ठुलो सञ्जाल बनेको छ । हाल ‘अपाचे ओनर ग्रुप’मा मात्रै ५ लाखभन्दा बढी सक्रिय सदस्यहरू आबद्ध छन् । समग्र रूपमा हेर्दा, विश्वभर ६ करोड ५० लाखभन्दा बढी ग्राहकले टीभीएसका मोटरसाइकल तथा स्कुटर गुडाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *