नयाँ ईभी साइरोस लन्च गर्ने तयारीमा किया इन्डिया

किया इन्डियाले आगामी २३ जुलाईमा आफ्नो नयाँ ईभी साइरोस लन्च गर्ने तयारी गरेको बताएको छ । किया क्यारेन्स क्लाभिस ईभीपछि भारतमै उत्पादन हुने कम्पनीको यो दोस्रो इलेक्ट्रिक मोडल हुनेछ।

किया साइरोस ईभी २ वटा ब्याट्री विकल्पसहित बजारमा आउने सम्भावना रहेको विभिन्न रिपोर्टहरुले उल्लेख गरेका छन । यसमा फ्रन्ट ह्विल ड्राइभ सेटअप हुनेछ, जसको फ्रन्टमा इलेक्ट्रिक मोटर जडान गरिनेछ। डिजाइनका हिसाबले यसको एक्सटेरियर पेट्रोल र डिजेल भर्सनको साइरोससँग धेरै हदसम्म मिल्दोजुल्दो हुने अपेक्षा गरिएको छ।

सो मोडलको एक्सटेरियरमा क्लोज्ड फ्रन्ट ग्रिल, नयाँ बम्पर, एयरोडायनामिक नयाँ अलोय ह्विल र विशेष ईभी ब्याजिङ जस्ता विशेषताहरु हुनेछ । साथै यसमा अग्लो रुफलाइन, बक्सी डिजाइन र व्यावहारिक क्याबिन लेआउट भने यथावत् हुनेछ । यसको डिजाइनमा कम्पनीको ग्लोबल ईभी–२ अवधारणाको झल्को पनि देखिन सक्ने अनुमान गरिएको छ।

किया साइरोस ईभीमा ड्युअल डिजिटल डिस्प्ले, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, कनेक्टेड कार टेक्नोलोजी, भेन्टिलेटेड सिट, एम्बियन्ट लाइटिङ, प्रिमियम सिट अपहोल्स्ट्री र प्यानोरामिक सनरुफ जस्ता फिचर उपलब्ध हुनेछ । यसको टप भेरिएन्टमा रिजनेरेटिभ ब्रेकिङ सिस्टम, भेइकल टु लोड र भेइकल टु भेइकल प्रविधिसमेत समावेश हुने सम्भावना छ।

सेफ्टीका लागि यसमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ३६० डिग्री क्यामेरा, फ्रन्ट र रियर पार्किङ सेन्सर तथा लेभल–२ एडास जस्ता एड्भान्स सेफ्टी फिचर हुनेछ । किया साइरोस ईभी कम्पनीको के–१ प्लेटफर्मको परिमार्जित संस्करणमा आधारित हुनेछ।

किया साइरोस ईभीको प्रारम्भिक मूल्य १५ लाखदेखि २० लाख भारुबीच हुने अनुमान गरिएको छ। यसले टाटा नेक्सन ईभी, महिन्द्रा एक्सयूभी ३एक्सओ ईभी, एमजी विन्डसर ईभी र मारुती ई–भिटारासँग प्रतिस्पर्धा गर्नेछ।

नयाँ किया साइरोसमा ४२ किलोवाट आवर र ४९ किलोवाट आवरका २ ब्याट्री विकल्प उपलब्ध हुनेछ । यसले डीसी फास्ट चार्जिङ र एसी होम चार्जिङ दुवैलाई समर्थन गर्नेछ। ठुलो ब्याट्री भएको भेरिएन्टले फुल चार्जमा ४०० किलोमिटरभन्दा बढी रेन्ज प्रदान गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *