मोबिलिटी एक्स्पोमा भिड्दै आरफक्स र चेरीका कार

आगामी साउन २६ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आयोजना हुँदैछ । नजिकदै गरेका ठुला पर्वहरु दशैं, तिहार र छठ जस्ता पर्वलाई मध्यनजर गर्दै गाडी बिक्रेताहरूले हरेक बर्ष अटो शो आयोजना गर्दै आएका छन् ।

नेपालमा आयोजना हुने हरेक अटो शोमा नयाँ ब्राण्ड र नयाँ मोडल सार्वजनिक हुनु सामान्य हो । यस वर्षको नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक हुन लागेका दुई ब्राण्ड आरफक्स र चेरी क्यूक्यू बीच कडा प्रतिस्पर्धा हुने अनुमान छ ।

चिनियाँ कार उत्पादक चेरीको क्यूक्यू ब्राण्डमा क्यूक्यू थ्री क्रसओभर ह्याचब्याक कार नेपाल आउदै छ भने आरफक्स ब्राण्डमा टी(वान नामक प्रिमियम ह्याचब्याक कार पनि आउने क्रममा छ । यी दुवै मोडल एकअर्काका कडा प्रतिस्पर्धी हुन् ।

चिनियाँ अटो रिभ्यूलाई आधार मान्ने हो भने क्यूक्यू थ्री भ्यालू फर मनी ह्याचब्याक कार हो । उही आरफक्स टी(वान प्रिमियम ह्याचब्याक कार सेग्मेन्टमा बिक्री हुन्छ । यसरी यी दुई मोडल बीचको प्रतिस्पर्धा यसपालीको मोबिलिटी एक्स्पोमा निकै रोचक हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *