नाडा अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गर्ने ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ यही साउन २६ देखि ३१ गतेसम्म काठमाडौंमा हुने भएको छ।
यस बर्षको एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डको सहभागिता हुनुका साथै ४० भन्दा बढी नयाँ सवारीसाधन तथा अटोसम्बन्धी उत्पादन सार्वजनिक गरिने आयोजकले जनाएको छ।
एक्स्पोलाई अघिल्ला संस्करणभन्दा अझ आकर्षित र व्यवस्थित बनाइने आयोजकले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ।
आगन्तुक र ग्राहकको सुविधालाई ध्यानमा राख्दै सहज आवतजावत, पर्याप्त पार्किङ, टिकटमा ५० प्रतिशतसम्म छुट, फुड कोर्ट तथा अटोमोबिलिटी सम्बन्धी लर्निङ सेसनको समेत व्यवस्था गरिएको छ।
एक्स्पोमा विद्युतीय तथा इन्धनबाट चल्ने सवारीसाधन, दुईपांग्रे, चारपांग्रे तथा अन्य अटोमोबाइल उत्पादनहरू समेत प्रदर्शन गरिनेछन्। नयाँ प्रविधि र नवीन उत्पादनमार्फत नेपाली अटोमोबाइल बजारलाई थप गतिशील र उर्जाशील बनाउने अपेक्षा आयोजकले राखेको छ।