यामाहा डेमा ३५० युनिट रगत संकलन, लायन्स क्लबको सहयोग

यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई ‘यामाहा डे’ का रूपमा मनाउँदै आएको छ। यो दिन यामाहाको इन्जिनियरिङ उत्कृष्टता, मोटरस्पोर्ट्समा गरेको योगदान र गतिशीलताको यात्रालाई सम्मान गर्ने गरिन्छ।

यस वर्षको आफ्नो ७१औँ वार्षिकोत्सवका अवसरमा यामाहा नेपालले नेपालका सातै प्रदेशमा विविध कार्यक्रम आयोजना गर्दै ग्राहक, कर्मचारी, डिलर तथा आफ्नो फराकिलो समुदायलाई एकै ठाउँमा ल्याएर सात दशकभन्दा लामो विश्वास, प्रदर्शन र नवप्रवर्तनको यात्रालाई स्मरण गरेको छ।

यस उत्सवको सुरुवात देशभर रहेका यामाहा नेपालका शोरुम, डिलरशिप र कम्पनीद्वारा सञ्चालित आउटलेटहरूमा एकैसाथ उद्घाटन तथा केक काट्ने कार्यक्रम मार्फत गरिएको थियो।

यस अवसरमा यामाहा नेपालले कम्पनीमा २० वर्षदेखि निरन्तर सेवा पुर्‍याएका आफ्ना कर्मचारीहरूलाई सम्मान गर्दै उनीहरूको योगदानको कदर गरेको छ।

नेपालभरका १०० भन्दा बढी डिलरहरूले डिजिटल माध्यमबाट कार्यक्रममा सहभागिता जनाएका थिए।

साथै, यामाहा मोटर इण्डियाको डिजिटल उपस्थितिले समारोहलाई अझ विशेष बनाएको थियो।

वार्षिकोत्सवको अवसरमा यामाहाले आफ्ना ग्राहकका लागि विभिन्न छुट तथा विशेष अफरहरू पनि ल्याएको थियो। देशभरका सेवा केन्द्रहरूमा सबै ग्राहकलाई लेबर चार्जमा २५ प्रतिशत छुट प्रदान गरिएको थियो।

यसै अन्तर्गत ‘७ प्रदेश, ७ ग्राहक’ अभियान सञ्चालन गरी प्रत्येक प्रदेशबाट एक-एक जना भाग्यशाली ग्राहकलाई सर्भिस चार्जमा १०० प्रतिशत क्यासब्याक प्रदान गरिएको थियो।

साथै, जुलाई १ मा मोटरसाइकल डेलिभरी लिने ग्राहकलाई धन्यवाद स्वरूप विशेष वार्षिकोत्सव चकलेट पनि प्रदान गरिएको थियो।

सामाजिक सेवाको भावना अनुरूप यामाहाले देशका विभिन्न स्थानहरूमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। सुदूरपश्चिमको धनगढी, गण्डकीको पोखरा, बागमतीको नक्साल र गट्ठाघर, नारायणीको भरतपुर, जनकपुरको बर्दिबास तथा कोशीको इटहरीमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो।

नेपालका प्रमुख शहरस्थित ७ शोरुममार्फत सञ्चालन गरिएको यस अभियानबाट करिब ३५० युनिट रगत संकलन गरिएको थियो।

यसैगरी, विराटनगरस्थित आफ्नो प्लान्टमा यामाहा नेपालले वृक्षारोपण कार्यक्रम पनि आयोजना गरेको थियो।

यामाहा पर्साले पनि ‘यामाहा डे’ को सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमलाई भव्य रूपमा मनाएको छ।

यामाहा नेपाल MAW ग्रुप अन्तर्गत सञ्चालित, नेपालकै सबैभन्दा विश्वासिलो, प्रतिष्ठित र अग्रणी टु व्हिलर ब्रान्ड हो।

अत्याधुनिक जापानी प्रविधि, विश्वसनीयता र उत्कृष्ट आफ्टर सेल्स सर्भिसमा केन्द्रित रहँदै यामाहाले पर्फर्मेन्स, स्टायल र ग्राहक सेवामा नयाँ मापदण्ड स्थापित गर्दै आएको छ।

साथै, रक्तदान अभियान सफल बनाउन सहयोग पुर्‍याएकोमा MAW फाउन्डेसन तथा लायन्स क्लब अफ काठमाडौँ – समर्पणप्रति यामाहा नेपाल हार्दिक आभार व्यक्त गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *