धनगढीमा एम्पियरको नयाँ शोरुम

भारतमा १६५ वर्षको इन्जिनियरिङ अनुभव बोकेको ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीद्वारा उत्पादन गरिएको एम्पियर ब्राण्डका स्कुटरहरूलाई नेपालमा आधिकारिक रूपमा एसटीसी ग्रुप अन्तर्गतको श्री एसटीसी अटो सोलुसन प्रालिले बिक्री–वितरण गर्दै आएको छ ।

धनगढीमा यसको आधिकारिक वितरक श्रीमाता गौरी सप्लायर्स रहेको र अब छिट्टैं नयाँ मोडल सहित प्रमुख शहरहरुमा पनि थप डिलरहरु खुल्ने जानकारी कम्पनीका सिईओ राजपाल चड्डाले बताए ।

ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीले विगत १५ वर्षदेखि भारतमा विद्युतीय दुई पाङ्ग्रे सवारी साधन उत्पादन गर्दै आएको छ । ग्रीभ्सको एम्पियर ब्राण्ड भारतमा बलियो उपस्थिति बनाएको विद्युतीय स्कुटर ब्राण्ड मध्ये एक हो ।

एम्पियरका स्कुटरहरू उच्च प्रदर्शन, आकर्षक डिजाइन, स्मार्ट टेक्नोलोजी तथा विश्वस्तरीय गुणस्तरका लागि परिचित छन् । विशेषगरी एम्पियर नेक्सस ईएक्स दैनिक प्रयोग, आरामदायी यात्रा तथा किफायती विद्युतीय सवारी खोज्ने ग्राहकका लागि उपयुक्त विकल्पका रूपमा प्रस्तुत गरिएको छ ।

एम्पियर स्कुटरमा लिथियम फेरोफोस्फेट ब्याट्री प्रयोग गरिएको छ । यी स्कुटरहरू अत्यन्तै चिसो अर्थात् माइनस ४० डिग्रीदेखि अत्यन्तै तातो ६० डिग्री तापक्रमसम्म परीक्षण गरिएका छन् ।

एम्पियरमा प्रयोग गरिएको एलएफपी ब्याट्रीको लाइफ साइकल २ हजारसम्म छ । साथै, ब्याट्रीमा ७५ हजार किलोमिटर वा ५ वर्षसम्मको वारेन्टी उपलब्ध हुनेछ ।

एम्पियर स्कुटरहरूमा मजबुत च्यासिस, ट्वीन सस्पेन्सन, स्मार्ट टेक्नोलोजी, आरामदायी राइडिङ अनुभव तथा आकर्षक फिचरहरू उपलब्ध छन् ।

एम्पियर नेक्सस ईएक्समा ३.९ किलोवाट क्षमताको मोटर उपलब्ध छ । यसमा ३ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएकोछ ।

कम्पनीका अनुसार एक पटक पूर्ण चार्ज गर्दा यस स्कुटरलाई १३६ किलोमिटरसम्म गुडाउन सकिन्छ । यो ब्याट्री प्याक घरमै करिब ३ घण्टा ३० मिनेटमा चार्ज गर्न सकिन्छ ।

मिड–माउन्ट मोटर भएको यस स्कुटरमा रिभर्स मोडसहित पाँचवटा राइड मोड उपलब्ध छन् । यसमा एलोय ह्वील, डिस्क ब्रेक, अल–एलईडी लाइट, यूएसबी चार्जर, कनेक्टिभिटी लगायतका आधुनिक फिचरहरू समावेश छन्।

एम्पियर नेक्सस ईएक्सको मूल्य ३ लाख ३५ हजार रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *