भारतमै ब्रिटिश ब्राण्ड नोर्टनका मोटरसाइकल उत्पादन सुरू भएको छ । भारतीय ब्राण्ड टीभीएस मोटर्सले नोर्टनको स्वामित्व खरिद गरेसँगै नोर्टनको मिडलवेट एड्भेन्चर मोटरसाइकल एटलसको उत्पादन थालेको छ।
टीभीएसको तामिलनाडुस्थित होसुर प्लाण्टबाट नोर्टनको पहिलो मोडल उत्पादन थालेको हो । नोर्टन एटलस नयाँ एड्भेन्चर मोटरसाइकललाई कम्पनीले जुलाई महिनामा विश्वव्यापी रूपमा सार्वजनिक गर्ने तयारी थालेको छ । भारतमा भने एटलस २०२६ अन्तिमतिर मात्रै लन्च हुने बताइएको छ ।

उत्पादन भने भारतको होसुर कारखानाबाट सुरू गरिएको छ । नयाँ एटलसको डिजाइन तथा विकास नोर्टनको बेलायतस्थित सोलिहल मुख्यालयमा गरिएको हो । टीभीएसको स्वामित्वपछि नोर्टनले मिडलवेट एड्भेन्चर टुरिङ सेग्मेन्टमा प्रवेश गर्न एटलसलाई प्रमुख मोडलका रूपमा अघि सारेको हो ।