टाटा सिएरा इलेक्ट्रिक भर्सनमा

टाटा मोटर्सले जुन ३० मा सिएराको इलेक्ट्रिक भर्सन लन्च गर्ने तयारी गरिरहेको छ ।

नयाँ सिएरा इलेक्ट्रिकमा पुरानो सिएराको मुख्य डिजाइनलाई पनि कायम राखेको छ ।

सिएरा इलेक्ट्रिक गाडी र कर्भ इलेक्ट्रिक गाडी एउटै प्लेटफर्ममा आधारित भएकाले सिएरा ईभीमा पनि उही ५५ किलोवाट आवर क्षमताको ब्याट्री प्रयोग हुने अपेक्षा गरिएको छ।

साथै, यसमा ड्युल जोन क्लाइमेट कन्ट्रोल, तीनवटा स्क्रिन भएको लेआउट र लेभल २ एडास जस्ता फिचर पनि हुनेछ । रिपोर्टका अनुसार सिएरा ईभीमा अल ह्विल ड्राइभ पनि उपलब्ध हुन सक्ने अनुमान गरिएको छ ।

यद्यपि, यस विषयमा कम्पनीले आधिकारिक जानकारी सार्वजनिक गरेको छैन।

यसको बेस भेरिएन्टमा १२.३ इन्चको ठुलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध गराएको छ ।

साथै, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर पनि हुने अपेक्षा गरिएको छ। सिएरा ईभीको टप भेरिएन्टमा पेट्रोल र डिजेल मोडलमा जस्तै तीन वटा स्क्रिन लेआउट हुन सक्ने अपेक्षा गरिएको छ।

सेफ्टीका लागि यसमा ३६० डिग्री क्यामेरा, इलेक्ट्रोनिक पार्किङ ब्रेक, ड्राइभ सेलेक्टर, विभिन्न ड्राइभ मोड, वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले, प्यानोरामिक सनरुफ, डल्बी एटमस प्रविधिसहितको १२ स्पिकर भएको जेबीएल अडियो सिस्टम, भेन्टिलेटेड सिट, ड्युअल जोन क्लाइमेट कन्ट्रोल र एम्बिएन्ट लाइटिङ जस्ता प्रिमियम फिचर उपलब्ध हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *