टीभीएस एनटर्क १२५ रेस XP ब्लेज ब्लु सार्वजनिक

नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लु सार्वजनिक गरेको छ।

युवा राइडरहरूको रोजाइमा पर्दै आएको टीभीएस एनटर्क लाइनअपमा यो नयाँ कलर भेरिएन्टले थप आकर्षण, स्पोर्टीनेस र बोल्डनेस थपेको कम्पनीको भनाइ छ।

नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लुको सार्वजनिक कार्यक्रमको उद्घाटन जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताद्वारा गरिएको थियो ।

कार्यक्रममा ग्राहक, सञ्चारकर्मी, कन्टेन्ट क्रिएटर, मोटो भ्लगर तथा टीभीएस प्रेमीहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

टीभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लु विशेष गरी स्टाइल, पर्फमेन्स र दैनिक प्रयोगलाई एउटै प्याकेजमा खोज्ने युवा राइडरहरूका लागि तयार गरिएको स्कुटर हो।

यसको आकर्षक ब्लेज ब्लु कलर, स्पोर्टी ग्राफिक्स, धारिलो डिजाइन र आत्मविश्वासी रोड प्रेजेन्सले स्कुटरलाई अझै दमदार र फरक बनाएको छ।

टीभीएस एनटर्क १२५ रेस एक्सपीले लामो समयदेखि आफ्नो बोल्ड डिजाइन, पावरफुल क्यारेक्टर र टीभीएस रेसिङको पर्फमेन्स डिएनएका कारण युवा राइडरहरूबीच छुट्टै पहिचान बनाउँदै आएको छ।

नयाँ ब्लेज ब्लु एडिसनले यही पहिचानलाई अझ बलियो बनाउँदै स्कुटरलाई अझ अभिव्यक्त, एनर्जेटिक र रोडमा नोटिस हुने बनाएको छ ।

यस स्कुटरले ५० किलोमिटर टेस्टेड माइलेज र लाइफटाइम वारेन्टी एस्योरेन्स जस्ता महत्त्वपूर्ण विशेषताहरु पनि प्रदान गर्दछ ।

यी विशेषताहरूले ग्राहकलाई पर्फमेन्ससँगै विश्वसनीयता, बचत र दीर्घकालीन स्वामित्वको आत्मविश्वास दिने जगदम्बा मोटर्सको प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीको भनाइ छ ।

सार्वजनिक कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘टीभीएस एनटर्कले सधैं पर्फमेन्स, प्रविधि र बोल्ड स्टाइल खोज्ने युवा राइडरहरूसँग बलियो सम्बन्ध बनाउँदै आएको छ ।

टीभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लुको सार्वजनिकसँगै हामी एनटर्कको यही पहिचानलाई अझ नयाँ र उत्साहजनक रूपमा प्रस्तुत गरिरहेका छौं।

आफ्नो राइडमार्फत अलग देखिन चाहने राइडरहरूका लागि यो नयाँ भेरिएन्ट निकै आकर्षक हुनेमा हामी विश्वस्त छौ ।’

यसको मूल्य ३ लाख ३४ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

देशभर फैलिएको टीभीएसको आधिकारिक डिलर नेटवर्कमार्फत ग्राहकहरुले नजिकैको शोरुममा गई नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लुको विशेषता, उपलब्धता र स्वामित्व लाभबारे थप जानकारी प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *