विश्वकै अग्रणी कमर्शियल भेहिकल ब्रान्डमध्ये एक FOTON लाई आधुनिक प्रविधि, सुरक्षा, दिगो गतिशीलता तथा वातावरणमैत्री यातायात समाधानमार्फत नेपालको यातायात क्षेत्रको विकासमा उल्लेखनीय योगदान पु¥याएको सम्मानस्वरूप प्रतिष्ठित Corporate Commercial Vehicle Award २०२६’ प्रदान गरिएको छ ।
उक्त अवार्ड MAW Vriddhi Commercial Vehicle Pvt. Ltd. का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बरालले एक कार्यक्रममा ग्रहण गरेका हुन्।
यो सम्मानले नेपाली कमर्शियल भेहिकल बजारमा FOTON को बढ्दो प्रभाव र नेपाललाई स्वच्छ, हरित तथा प्रभावकारी यातायात प्रणालीतर्फ अघि बढाउने कम्पनीको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।
नेपालभर २,००० भन्दा बढी FOTON सवारीसाधन आपूर्ति भइसकेको छ । यससँगै ब्रान्डले नेपालको कमर्शियल यातायात क्षेत्रमा मजबुत उपस्थिति स्थापित गरेको छ ।
FOTON का भरपर्दा ट्रक, भ्यान तथा इलेक्ट्रिक कमर्शियल सवारीसाधनले व्यावसायिक गतिशीलता सुधार गर्न महत्वपूर्ण भूमिका खेलेका छन् भने दिगो यातायात विकासका राष्ट्रिय लक्ष्यहरूलाई पनि सहयोग पु¥याएका छन् ।
‘Corporate Commercial Vehicle Award २०२६’ ले FOTON को इलेक्ट्रिक मोबिलिटी प्रवद्र्धन, कार्बन उत्सर्जन न्यूनीकरण, स्वच्छ ऊर्जा प्रयोगलाई प्रोत्साहन तथा नेपालको विकसित हुँदै गएको यातायात पूर्वाधार र आर्थिक वृद्धिलाई सहयोग गर्ने उन्नत कमर्शियल भेहिकल प्रविधि भित्र्याउने नेतृत्वदायी भूमिकालाई मान्यता दिएको छ ।
उक्त उपलब्धिबारे बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बरालले भने, “Corporate Commercial Vehicle Award २०२६ प्राप्त गर्न FOTON ब्रान्ड र कम्पनीका लागि गौरवको क्षण हो ।
यस सम्मानले नेपालमा विश्वस्तरीय कमर्शियल मोबिलिटी समाधान उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाएको छ।
हामी भरपर्दा सवारीसाधन, नवीन प्रविधि, मजबुत बिक्रीपछिको सेवा तथा व्यवसाय र देशको आर्थिक प्रगतिलाई सहयोग गर्ने दिगो यातायात समाधान प्रदान गर्न निरन्तर केन्द्रित रहनेछौं ।”
विश्वव्यापी रूपमा FOTON नवप्रवर्तन, विश्वसनीयता तथा इन्टेलिजेन्ट मोबिलिटी समाधानका लागि परिचित छ।
ब्रान्डले इलेक्ट्रिक मोबिलिटी, इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम तथा ऊर्जा–दक्ष यातायात समाधानसहित नयाँ पुस्ताका कमर्शियल भेहिकल प्रविधिमा निरन्तर लगानी गर्दै आएको र गुणस्तर, टिकाउपन, प्रदर्शन क्षमता र प्रविधिगत प्रगतिप्रतिको प्रतिबद्धताले FOTON लाई विश्वभरका व्यवसायको विश्वास दिलाएको कम्पनीले जनाएको छ ।
नेपालमा FOTON लाई कम्पनीले आधिकारिक रूपमा प्रतिनिधित्व गर्दै आएको छ । कम्पनीले ग्राहकलाई व्यापक सहयोग सुनिश्चित गर्न देशभर ३S नेटवर्क विस्तार गरेको छ ।
साथै, कम्पनीले नेपालभर २०० भन्दा बढी CCS2 स्पीड चार्जिङ प्वाइन्टसहितको चार्जिङ नेटवर्क विकास गरेको छ, जसले इलेक्ट्रिक मोबिलिटी पूर्वाधारलाई थप मजबुत बनाउँदै ग्राहकलाई सहज चार्जिङ सुविधा प्रदान गर्दछ ।