वीरगञ्जमा एथर Experience Center 

नेपालको प्रिमियम मिइलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Nepal ले आफ्नो नयाँ Ather Experience Center वीरगञ्जमा सञ्चालनमा ल्याएको छ।

यससँगै ब्तजभच ले देशभर दिगो तथा स्मार्ट विद्युतीय यातायातको पहुँच विस्तार गर्ने आफ्नो अभियानलाई थप मजबुत बनाएको छ।

वीरगञ्जको आदर्शनगरस्थित नयाँ Experience Center १८ जुन २०२६ देखि गेटवे मोटर्स प्रालिको व्यवस्थापनमा सञ्चालनमा आएको हो।

वीरगञ्जमा नयाँ केन्द्र सञ्चालनमा आएपछि एथर नेपालको देशभरका एक्सपिरियन्स सेन्टरहरूको संख्या १२ पुगेको छ।

यसमा काठमाडौं उपत्यकाका ५ केन्द्रसहित पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड र वीरगञ्ज रहेका छन्।

ग्राहकलाई उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्न देशभर आफ्नो अधिकृत सर्भिस सेन्टरहरूको सञ्जाल पनि विस्तार गर्दै आएको छ।

यसले एथर प्रयोगकर्ताहरूलाई सहज, भरपर्दो र सन्तोषजनक स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

एथरले आफ्ना ग्राहकलाई उद्योगकै उत्कृष्ट सुविधामध्ये एक मानिने ८ वर्षसम्मको विस्तारित ब्याट्री वारेन्टी प्रदान गर्दै आएको छ, जसले दीर्घकालीन विश्वसनीयता र आत्मविश्वास सुनिश्चित गर्दछ।

वीरगञ्ज एक्सपिरियन्स सेन्टरमा एथरको सम्पूर्ण स्कुटर दायरा उपलब्ध हुनेछ, जसमा प्रदर्शन केन्द्रित एथर ४५० सिरिज तथा परिवारमैत्री एथर रिज्टा समावेश छन्।

एथर नेपालले नयाँ एक्सपिरियन्स सेन्टरको उद्घाटनको अवसरमा असार १२ गतेसम्मका लागि विशेष सीमित अवधिका अफर समेत सार्वजनिक गरेको छ।

यस अन्तर्गत विस्तारित ब्याट्री वारेन्टी, आकर्षक फाइनान्सिङ सुविधा (0 % ब्याजसम्म), एक्सचेन्ज गर्दा रु. ८,००० सम्म अतिरिक्त मूल्याङ्कन लाभ जस्ता विशेष सुविधा उपलब्ध हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *