सीएफमोटोको फोकस बिक्रिपछिको सेवामा

सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले ग्राहकहरूको सुविधा र पहुँचलाई मध्यनजर गर्दै सीएफमोटो नेपालले काठमाडौँ उपत्यकाभित्र नक्साल, टेकु, झम्सिखेल र सल्लाघारीमा आफ्ना अत्याधुनिक शोरुमहरू सञ्चालन गरिरहेको छ ।

उपत्यका बाहिर चितवन र पोखरामा पनि बिक्रीको सुविधा उपलब्ध छ ।

बिक्रीपछिको सेवालाई थप मजबुत बनाउन कम्पनीले नेपालगञ्ज, बुटवल, हेटौँडा, इटहरी, पोखरा, चितवन र काठमाडौँका विभिन्न स्थानहरूमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ भने स्पेयर पार्ट्स समेत सजिलै पाइने व्यवस्था मिलाएको ऋषि ट्रेड सेन्टरका महाप्रबन्धक उज्वल जोशी बताउँछन् ।

सवारी चालकहरूको यात्रालाई थप सुरक्षित बनाउन कम्पनीले देशभर रोडसाइड असिस्टेन्स टोली सक्रिय रूपमा परिचालन गरेको छ ।

यात्राका क्रममा जुनसुकै ठाउँमा प्राविधिक वा आकस्मिक समस्या आइपरेमा यो टोलीले तत्काल सहयोग उपलब्ध गराउने जनाइएको छ ।

सीएफमोटो ग्लोवलको अन्तर्राष्ट्रिय रणनीति अनुरूप सन् २०२५ देखि नै स्पेयर पाट्र्सको मूल्यलाई ग्राहकमैत्री बनाइएकाले यसको मर्मत खर्च निकै किफायती हुने कम्पनी भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *