सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले आकर्षक अफर सार्वजनिक गरेको छ ।

कम्पनीले आफ्नो सर्वाधिक लोकप्रिय डुअल–पर्पोज मोटरसाइकल सीएफमोटो २५० डुअल ईएफआईको खरिदमा २ वर्षको सडक कर नलाग्ने घोषणा गरेको हो । अफर असार ३२ गतेसम्म लागु हुने जनाइएको छ ।

नेपालको बदलिँदो भौगोलिक अवस्था, दैनिक आवतजावत र एड्भेन्चर यात्रालाई ध्यानमा राखेर डिजाइन गरिएको यो बाइकले नेपाली ईन्ट्री–लेभल डुअल पर्पोज सेगमेन्टमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।
