इन्धनको मूल्य यथावत रहने

नेपाल आयल निगमले पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य हाललाई यथावत राख्ने निर्णय गरेको छ।

इन्डियन आयल कर्पोरेसन (IOC) बाट नयाँ खरिद मूल्य प्राप्त भए तापनि निगमले आज एक सूचना जारी गर्दै नेपाली बजारमा मूल्य नबढाउने जानकारी दिएको हो।

अन्तर्राष्ट्रिय बजारको दररेट अनुसार इन्धनको मूल्य यथावत राख्दा अझै पनि निगमलाई करिब ६२ करोड ८६ लाख रुपैयाँ घाटा हुने अवस्था रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *