Skip to content
सडक दुर्घटना न्यूनीकरणका लागि अब हरेक सवारी साधनमा ‘एन्टी-लक ब्रेकिङ सिस्टम’ (ABS) वा ‘कम्बाइन्ड ब्रेकिङ सिस्टम’ (CBS) अनिवार्य गरिने भएको छ।
नेपालको घुमाउरो, साँघुरो र भिरालो सडकहरूमा आकस्मिक ब्रेक लगाउँदा गाडी चिप्लिने वा चालकले नियन्त्रण गुमाउने समस्या निकै सामान्य छ।
नयाँ मस्यौदा निर्देशिका अनुसार एबिएस र सिबिएस प्रणालीले ब्रेक लगाउँदा पाङ्ग्राहरूलाई लक हुनबाट जोगाउँछ र चालकलाई गाडी नियन्त्रणमा राख्न मद्दत गर्छ।

सरकारले यो प्रविधिलाई अनिवार्य गरेर दुर्घटनाको जोखिमलाई उल्लेख्य रूपमा कम गर्ने लक्ष्य राखेको छ।
यसका साथै, सवारीको समग्र संरचनात्मक बनोट पनि दुर्घटनाको समयमा यात्रुलाई अधिकतम सुरक्षा दिने गरी बलियो हुनुपर्ने नियम निर्देशिकामा समावेश छ।
Post Views: 35