गाडी आयातमा नयाँ निर्देशिका

यातायात व्यवस्था विभागले सवारीसाधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ को मस्यौदा तयार पारेको छ।

नेपाली सडकमा गुड्ने गाडीहरूको गुणस्तर, सुरक्षा र वातावरणीय प्रभावमा ठूलो परिवर्तन ल्याउने उद्देश्यका साथ यो नीति ल्याउन लागिएको हो।

यस निर्देशिकाले मुख्यतः नेपालमा भित्र्याइने र जडान गरिने सवारीसाधनमा तोकिएको अन्तर्राष्ट्रिय मापदण्ड लागू हुनुपर्ने व्यवस्था गरेको छ।

अब गाडी आयात गर्नेसँग सवारी मर्मतका लागि आवश्यक पाटपुर्जा र दक्ष प्राविधिक जनशक्ति हुनु अनिवार्य हुनेछ।

कुन र कस्ता गाडी बेच्ने कम्पनीसँग कति पूर्वाधार हुनुपर्ने भन्ने कुरा निर्देशिकामा स्पष्ट पारिएको छ।

हालको व्यवस्थामा सवारी जाँचबुझ सम्बन्धी केही आधारभूत प्रावधान मात्र भएकाले समग्र सवारी नियमनलाई स्पष्ट र व्यवस्थित बनाउन यो नयाँ निर्देशिका अपरिहार्य देखिएको विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *