हेटौँडामा इभी नीतिगत संवाद कार्यक्रम

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) र बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनको आयोजनामा मकवानपुरको हेटौँडामा “पोलिसि डाइलग अन इलेक्ट्रिक भेहिकल एडप्सन” कार्यक्रम सम्पन्न भएको छ।

“ईभिजन नेपाल: ड्राइभिङ द फ्युचर” अभियान अन्तर्गत आयोजित यस संवादमा सरकारी अधिकारी, अटो व्यवसायी, इन्जिनियर, इभी प्रयोगकर्ता र पत्रकारसहित ३५ जना सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा मेकानिकल इन्जिनियर आदर्श पौडेलले इभी प्रविधि, ब्याट्री व्यवस्थापन, कर प्रणाली तथा नेपालमा विद्युतीय सवारीका फाइदा र चुनौतीबारे विस्तृत कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

छलफलका क्रममा सहभागीहरूले नेपालमा इभीको बजार, चार्जिङ पूर्वाधार विस्तार, नीतिगत स्थायित्व, रिसेल भ्यालू, दक्ष इभी मेकानिक्सको अभाव र पुराना मेकानिक्सहरूको सीप विकास जस्ता विषयमा सरकारले स्पष्ट योजना ल्याउनुपर्नेमा जोड दिएका छन्।

एफआईए (FIA) को सहयोगमा सञ्चालित यस अभियानबाट प्राप्त सुझावहरूलाई प्रतिवेदनका रूपमा तयार गरी नेपालमा दिगो यातायात नीति निर्माणका लागि तीनै तहका सरकारलाई बुझाइने आयोजकले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *