चांगान अटोमोबाइल पोर्चुगिज टिमको पार्टनर

चिनियाँ अटोमोबाइल कम्पनी चांगानले पोर्चुगिज फुटबल फेडेरेसनसँग ऐतिहासिक रणनीतिक साझेदारी गर्दै पोर्चुगिज राष्ट्रिय फुटबल टिमको ‘अफिसियल ग्लोबल पार्टनर’ बनेको छ।

क्रिस्टियानो रोनाल्डो जस्ता विश्वप्रसिद्ध खेलाडीहरू आबद्ध रहेको पोर्चुगल टोलीसँगको यो सहकार्यलाई चांगानले आफ्नो अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने ‘भास्ट ओसन प्लान’ रणनीतिको महत्वपूर्ण कदमका रूपमा लिएको छ।

कम्पनीले ‘अटो चाइना २०२६’ मा ल्याएको नयाँ रणनीति अन्तर्गत सन् २०३० सम्ममा चीनबाहिर १५ लाख कार बिक्री गर्ने र युरोपमा अग्रणी चिनियाँ ब्रान्ड बन्ने लक्ष्य राखेको छ।

साझेदारी घोषणा कार्यक्रममा चांगानले पोर्चुगिज फुटबल नेतृत्वलाई आफ्नो प्रिमियम ‘दीपल एस०५’ प्लग-इन हाइब्रिड कार हस्तान्तरण गर्नुका साथै १ हजार किलोमिटर लामो युरोपेली टेस्ट ड्राइभ समेत गरेको थियो।

विश्वभर ५० करोडभन्दा बढी समर्थक भएको पोर्चुगल फुटबल टोलीसँगको सहकार्यले युरोपेली बजारमा चिनियाँ गाडीहरूलाई सस्तो विकल्पका रूपमा मात्र नभई एक प्रतिष्ठित ब्रान्डका रूपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *