सिद्धबाबा सुरुङमार्गको ६८ प्रतिशत प्रगति

निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ६८ प्रतिशत र वित्तीय प्रगति ५८ प्रतिशत पुगेको छ।

आयोजना प्रमुख राजेश पौडेलका अनुसार ईपीसी मोडलमा अघि बढाइएको यस आयोजनाको काम तीव्र पारिएको र आगामी सेप्टेम्बरसम्म सुरुङमार्गबाट सवारी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

प्रारम्भिक चरणमा कानुनी र प्राविधिक जटिलताका कारण केही ढिलाइ भए पनि हाल ती समस्या समाधान भई सुरुङभित्र इलेक्ट्रो-मेकानिकल जडान तथा एप्रोच सडक निर्माणको कार्य अघि बढेको छ।

प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियामार्फत करिब ७ अर्ब रुपैयाँमा सम्झौता भएको यस आयोजना सम्पन्न भएपछि आगामी ५ वर्षसम्म ठेकेदार कम्पनीले नै यसको सञ्चालन र मर्मतसम्भार गर्नेछ।

सिद्धार्थ राजमार्गको अत्यन्तै जोखिमयुक्त खण्डमा बनिरहेको यस सुरुङमार्गको मुख्य उद्देश्य यात्राको दूरी घटाउनु भन्दा पनि पहिरोजन्य जोखिमबाट जनधनको क्षति रोकी सुरक्षित यात्रा सुनिश्चित गर्नु रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *