जि.ओ. अटोमोबाइलले नेपाली बजारमा प्रिमियम एसयूभी नयाँ एमजी हेक्टर औपचारिक रूपमा सार्वजनिक गरेको छ।
काठमाडौंको थापाथलीस्थित एमजी सोरुममा आयोजित एक कार्यक्रमका बीच बिहीबार यो नयाँ गाडी सार्वजनिक गरिएको हो।
आधुनिक प्रविधि, प्रिमियम विशेषता र आकर्षक बाह्य स्वरूपसहित आएको यो एसयूभी नेपाली बजारमा ६६ लाख ९९ हजार रुपैयाँ प्रारम्भिक मूल्यमा उपलब्ध गराइएको छ।
जि.ओ. अटोमोबाइलका प्रबन्ध निर्देशक आकाश गोल्छाले शैली, सुरक्षा र आधुनिक प्रविधि खोज्ने नेपाली ग्राहकका लागि यो एसयूभी चार फरक संस्करणमा उपयुक्त विकल्प हुने बताएका छन्।
हालै विन्ड्सर र कमेट ईभी सार्वजनिक गरेको कम्पनीले नयाँ हेक्टरको लन्चिङसँगै नेपालमा एमजी ब्रान्डको गाडीहरूको दायरा थप विस्तार भएको जनाएको छ।