सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधनको दर्ता प्रक्रियामा पूर्ण रूपमा रोक लगाएको छ।
यातायात व्यवस्था विभागले बढ्दो वायु प्रदूषण, तीव्र ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई मुख्य कारण देखाउँदै यो कडा कदम चालेको हो।
विभागले सात वटै प्रदेशका सम्बन्धित मन्त्रालय र सबै स्थानीय तहलाई पत्राचार गर्दै विद्युतीय (इलेक्ट्रिक) गाडीसहित सबै प्रकारका सार्वजनिक सवारीको नयाँ दर्ता रोक्न निर्देशन दिएको छ।
‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा २४ को उपदफा (३) मा रहेको कानुनी व्यवस्था बमोजिम विभागले यो निर्णय गरेको जनाएको छ।