टाटा मोटर्सले आफ्नो दोस्रो पुस्ताको (Next-Gen) लोकप्रिय इलेक्ट्रिक कार ‘टियागो इभी’ (Tiago EV) लाई औपचारिक सार्वजनिक हुनुअघि पहिलो पटक प्रदर्शन गरेको छ।
भारतमा आगामी मे २८ मा आधिकारिक रूपमा लन्च हुन लागेको यो नयाँ ह्याचब्याक कार थप आधुनिक फिचर्स र आकर्षक लुक्सका साथ आउनेछ।
नयाँ लुक्स र डिजाइन: गाडीको अगाडिको भागमा पूर्ण रूपमा नयाँ र सानो आकारको रेक्ट्याङ्गुलर एलईडी हेडल्याम्प (LED Headlamps) दिइएको छ। यसको पछाडिको भागमा टाटाको सिग्नेचर शैलीको ‘कनेक्टेड टेल ल्याम्प’ जडान गरिएको छ, जसले यसलाई प्रिमियम लुक दिएको छ। साथै, हावाको अवरोध कम गर्ने आकर्षक नयाँ ‘एयरो-एन्हान्सिङ’ ह्विल डिजाइन यसमा देख्न सकिन्छ।
इन्टेनिएर र ब्याट्री: गाडीको भित्री बनौट (इन्टेरियर) धेरैजसो पुरानै जस्तो रहे पनि ड्यासबोर्ड र सिटको कभर (Upholstery) मा नयाँ रङको विकल्प पाइनेछ। इन्जिन र ब्याट्री क्षमतामा भने कुनै परिवर्तन गरिएको छैन।
दामी रेन्ज: यो गाडी दुईवटा ब्याट्री विकल्पमा निरन्तर उपलब्ध हुनेछ:
१९.२ kWh ब्याट्री: यसले एक पटकको फुल चार्जमा २२३ किलोमिटरको रेन्ज (MIDC) दिन्छ।
२४.० kWh ब्याट्री: यो ठूलो ब्याट्रीले एक पटकको फुल चार्जमा २९३ किलोमिटरको रेन्ज (MIDC) प्रदान गर्छ।
आगामी योजना: टाटाले टियागो इभीमा गरेका यी नयाँ परिवर्तनहरू यसै वर्षको उत्तरार्धमा आउने नयाँ पुस्ताको टिगोर इभी (Tigor EV) मा पनि समावेश गर्ने अपेक्षा गरिएको छ।
नयाँ र आधुनिक डिजाइनका साथ आउने टियागो इभीले बजारमा एमजी कमेट इभी (MG Comet EV) सँग कडा प्रतिस्पर्धा गर्ने देखिएको छ।