कञ्चनपुर-कमला सडकको लागत बढ्यो

विगत ६ वर्षदेखि अलपत्र परेको पूर्व-पश्चिम राजमार्गअन्तर्गतको कञ्चनपुर-कमला सडक खण्ड विस्तार आयोजनाको लागत ३ अर्ब रुपैयाँले बढेको छ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा निर्माण भइरहेको यस रणनीतिक महत्त्वको ८६.८३ किलोमिटर सडक खण्डको काम ठेकेदार कम्पनी ‘चाइना रेलवे नम्बर २ इन्जिनियरिङ ग्रुप’ को ढिलासुस्तीका कारण समयमै सम्पन्न हुन सकेको छैन।

२०८० कात्तिकभित्रै सक्ने गरी २०७७ मा सम्झौता भए पनि कोरोना महामारी, रुख कटान तथा बिजुलीका पोल सार्न भएको ढिलाइ र ठेकेदारको आन्तरिक वित्तीय समस्याका कारण काम प्रभावित भएको थियो।

हालसम्म तीन पटक म्याद थप भई आगामी असार १६ गतेसम्मको समय सीमा तोकिएको भए पनि हालसम्म भौतिक प्रगति जम्मा ६८ प्रतिशत मात्र रहेकाले आयोजनाको म्याद चौथो पटक थप गर्ने तयारी भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *