नेपालमा इनड्राइभ नम्बर १ एप

विश्वव्यापी राइड-हेलिङ प्लेटफर्म इनड्राइभ (inDrive) लगातार तेस्रो वर्ष पनि विश्वकै दोस्रो धेरै डाउनलोड गरिएको एप बन्न सफल भएको छ।

सेन्सर टावरको तथ्याङ्क अनुसार सन् २०२४ मा पनि यसले आफ्नो बलियो बजार कायम राखेको छ।

नेपालको सन्दर्भमा इनड्राइभ ट्राभल र नेभिगेसन विधामा नम्बर १ डाउनलोड गरिएको एप बनेको छ।

यसले नेपाली बजारमा आफ्नो लोकप्रियता र बलियो उपस्थितिलाई थप प्रमाणित गरेको छ।

यो एप २०२४ को डिसेम्बर महिनामा मात्रै विश्वभर ६१ लाख पटकभन्दा बढी डाउनलोड भएको थियो।

हाल ८८८ सहरहरूमा सञ्चालित यस एपले चालक र यात्रुबीच आपसी सहमतिमा भाडा तय गर्ने सुबिधा दिँदै आएको छ।

इनड्राइभले मेक्सिको र कोलम्बियामा चालकहरूका लागि ‘इनड्राइभ मनी’ मार्फत वित्तीय सेवा र ऋणको परीक्षण सुरु गरेको छ, जसलाई यसै वर्ष अन्य देशहरूमा पनि विस्तार गर्ने योजना छ।

सवारी बाहेक यसले सामान ओसारपसार (Freight), कुरियर, र डेलिभरी सेवाहरू पनि प्रदान गर्दै आएको छ।

सन् २०३० सम्ममा १ अर्ब मानिसको जीवनस्तर सुधार्ने लक्ष्यका साथ इनड्राइभ अघि बढिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *