बजाजको विशेष एक्सचेन्ज कार्निभल सुरु

बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा ‘ग्रान्ड एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ।

यो विशेष मेला २०२६ मे ११ देखि मे १७ सम्म सञ्चालन हुनेछ, जहाँ जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज बाइक लिन सकिनेछ।

यस कार्निभलमा नयाँ बाइक खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँसम्मको नगद छुट र पुरानो सवारीको उत्कृष्ट मूल्याङ्कन प्राप्त गर्नेछन्।

त्यस्तै, सहभागीहरूका लागि सहज फाइनान्स सुविधा, निःशुल्क एसेसरिज र सर्भिसिङमा विशेष छुटको व्यवस्था पनि मिलाइएको छ।

कम्पनीले २२ जना विज्ञ मूल्याङ्कनकर्तामार्फत पुराना सवारीको उचित मूल्य सुनिश्चित गर्दै ग्राहकलाई तुरुन्तै नयाँ बाइक उपलब्ध गराउनेछ।

आफ्नो सवारी साधन अपग्रेड गर्न चाहनेहरूका लागि यो एक साताको मेला उत्कृष्ट अवसर हुने बजाज नेपालको विश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *