Skip to content
नेपालको प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड एथर इनर्जीले जनकपुरको मिल्स एरियामा आफ्नो नयाँ ‘एथर अनुभव केन्द्र’ सञ्चालनमा ल्याएको छ।
नितिन ट्रेड लिंकको व्यवस्थापनमा सुरु भएको यस केन्द्रसँगै अब नेपालभर एथरका १० वटा अनुभव केन्द्र र ९ वटा सेवा केन्द्र पुगेका छन्।
यस केन्द्रमा उत्कृष्ट प्रदर्शन गर्ने एथर ४५० सिरिज र पारिवारिक प्रयोगका लागि उपयुक्त आधुनिक एथर रिज्टा स्कुटरहरू प्रदर्शनमा राखिएका छन्।

एथरले नेपाली ग्राहकहरूका लागि दुई–पाङ्ग्रे ईभी क्षेत्रमै पहिलो पटक ८ वर्षसम्मको विशेष ब्याट्री वारेन्टी समेत प्रदान गर्दै आएको छ।
गुगल म्याप नेभिगेसन र स्मार्ट सुरक्षा सुविधाहरूले सुसज्जित यी स्कुटरमार्फत जनकपुरबासीले अब अत्याधुनिक र दिगो यातायातको अनुभव लिन पाउनेछन्।
यो विस्तारले नेपालमा वातावरणमैत्री विद्युतीय सवारी साधनको प्रयोगलाई थप प्रवर्द्धन गर्ने कम्पनीको लक्ष्य रहेको छ।
Post Views: 17