विश्व अटोमोबाइल बजारको बदलिँदो स्वरूप

इप्सोसको ‘ग्लोबल मोबिलिटी रिपोर्ट २०२६’ ले विश्वभर विद्युतीय र चिनियाँ गाडीप्रतिको धारणामा ठूलो परिवर्तन आएको देखाएको छ।

अध्ययन अनुसार जापानका ९० प्रतिशत मानिसले चिनियाँ गाडी नकिन्ने बताएका छन् भने अमेरिका, क्यानडा र युरोपमा विद्युतीय गाडीप्रतिको आकर्षण घट्दै गएको छ।

पश्चिमी देशहरू ईभीबाट टाढिँदै गए पनि इन्डोनेसिया, मेक्सिको र चिली जस्ता विकासशील देशहरूमा भने विद्युतीय गाडीप्रति मानिसहरू निकै उत्साहित देखिएका छन्।

भारतमा ६२ प्रतिशत मानिसले सार्वजनिक यातायातलाई रोजाइमा पारेका छन् भने त्यहाँका उपभोक्ता नयाँ प्रविधि र सेल्फ-ड्राइभिङ कारप्रति विश्व औसतभन्दा बढी सकारात्मक पाइएका छन्।

विश्व बजारमा राजनीतिक र आर्थिक अविश्वासका कारण ४१ प्रतिशत मानिसले चिनियाँ र २४ प्रतिशतले अमेरिकी गाडी बहिष्कार गर्ने सोच राखेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनले भविष्यमा परम्परागत अटोमोबाइल कम्पनी र गुगल, साओमी जस्ता प्रविधि कम्पनीहरूबीच बजारमा ठूलो प्रतिस्पर्धा हुने संकेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *