चितवन अटो शोमा एमएडब्लूको सफलता

भरतपुरमा सम्पन्न चितवन अटो शो २०२६ मा एमएडब्लू ग्रुपले १०० भन्दा बढी गाडीहरूको बुकिङ प्राप्त गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ।

यस उपलब्धिले चितवनलाई नेपालको एक महत्वपूर्ण क्षेत्रीय अटोमोबाइल बजारको रूपमा स्थापित गर्नुका साथै एमएडब्लू ग्रुपप्रतिको जनविश्वासलाई अझ बलियो बनाएको छ।

एउटै छातामुनि विभिन्न ब्रान्डका व्यक्तिगत र व्यावसायिक सवारीसाधनहरू प्रदर्शन गरेर एमएडब्लूले ग्राहकका हरेक आवश्यकता पूरा गर्ने आफ्नो क्षमता प्रमाणित गरेको छ।

प्रदर्शनीमा फोटोन मोटर्सले ‘बेस्ट एक्जिबिटर’ अवार्ड जित्नुका साथै टिभी, क्यास ब्याक र होलिडे प्याकेजजस्ता आकर्षक अफरहरूले ग्राहकलाई निकै आकर्षित गरेका थिए।

एमएडब्लू वृद्धि कमर्सियलको रणनीतिक व्यवस्थापन र उत्कृष्ट सेवाका कारण यति छोटो समयमा ठूलो संख्यामा बुकिङ सम्भव भएको कम्पनीले जनाएको छ।

कम्पनीले यस सफलतालाई आफ्ना ग्राहकहरूको विश्वासप्रति समर्पित गर्दै आगामी दिनमा अझ गुणस्तरीय सेवा र बिक्रीपछिको सपोर्ट दिने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *