Skip to content
नागढुंगा-मुग्लिन सडक योजनाको पश्चिम खण्ड (मलेखु-मुग्लिन) को काम निकै सुस्त देखिएको छ।
चालु आर्थिक वर्षको ९ महिना बितिसक्दा पनि यस खण्डमा कुल बजेटको २३ प्रतिशत मात्र खर्च भएको छ।
सरकारले विनियोजन गरेको १ अर्ब ७७ करोड रुपैयाँमध्ये चैतसम्म जम्मा ४२ करोड रुपैयाँ मात्र उपयोग भएको छ।

यस खण्डमा ६ वटा पुलहरू निर्माणाधीन छन्, जसमध्ये चारवटा पुलको काम अन्तिम चरणमा पुगेको छ भने बाँकी दुईवटाको जग बसाल्ने काम भइरहेको छ।
हाल सडक क्षेत्रमा पर्ने रुख काट्ने, घर टहराको मुआब्जा बाँड्ने र बिजुलीका पोल सार्ने कार्य जारी छ।
प्राविधिक रूपमा हालसम्म ३६ किलोमिटर ड्रेन र १३ किलोमिटर सडकको माथिल्लो तह (DBM) कालोपत्रे गर्ने काम सम्पन्न भएको छ।
Post Views: 15