चिनियाँ ईभीको विश्वव्यापी प्रभुत्व

बेइजिङ अटो शो २०२६ ले विश्वव्यापी अटोमोबाइल क्षेत्रमा चिनियाँ विद्युतीय सवारी (ईभी) को शक्तिशाली उपस्थितिलाई पुष्टि गरेको छ।

विश्वभर बढ्दो तेल संकट र इन्धनको मूल्यवृद्धिका बीच यो प्रदर्शनीमा राखिएका १,४५१ सवारी साधनमध्ये अधिकांश विद्युतीय र हाइब्रिड थिए।

चिनियाँ कम्पनीहरूले गाडीलाई केबल यातायातको साधन मात्र नभई ‘स्मार्ट ग्याजेट’ का रूपमा विकसित गरेका छन्।

यी गाडीमा खुट्टा मसाज गर्ने सिट, क्याराओके प्रणाली र १२ मिनेटमै पूर्ण चार्ज हुने जस्ता अत्याधुनिक सुविधाहरू छन्।

बीवाइडी, जीली र साओमी जस्ता कम्पनीहरूले आर्टिफिसियल इन्टेलिजेन्स र अटोनोमस ड्राइभिङमा ठूलो फड्को मारेका छन्।

चीनको ईभी क्रान्तिले दैनिक १० लाख ब्यारेल तेलको माग घटाएको छ।

पश्चिमी देशहरूले चिनियाँ गाडीमाथि भारी भन्सार महसुल लगाए तापनि, बीवाइडी जस्ता ब्रान्डको निर्यात र युरोपेली बजारमा उपस्थिति तीव्र गतिले बढिरहेको छ।

यसले २१औँ शताब्दीको यातायात क्षेत्रमा खनिज तेलमाथिको निर्भरता अन्त्य हुँदै चीनको नेतृत्व स्थापित हुने सङ्केत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *