प्रोटोनको सेल्स एण्ड एक्सचेन्ज योजना

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले वैशाख १३ देखि १५ गतेसम्मका लागि विशेष ‘सेल्स एण्ड एक्सचेन्ज एक्सिलेन्स’ योजना ल्याएको छ।

यस योजनाअन्तर्गत ग्राहकले आफ्नो पुरानो गाडी साटेर नयाँ विद्युतीय गाडी ‘प्रोटोन ई.मास सेबेन’ (e.MAS 7) लगायत अन्य मोडलहरू खरिद गर्न सक्नेछन्।

सहभागी ग्राहकलाई आकर्षक नगद छुट, पुरानो गाडीको उचित मूल्याङ्कन, एक वर्षको निःशुल्क बीमा र सडक दस्तुर (रोड ट्याक्स) जस्ता सुविधाहरू उपलब्ध गराइनेछ।

विद्युतीय सवारी खरिद गर्नेहरूका लागि ७ किलोवाटको चार्जर र ८ वर्षसम्मको वारेन्टी समेत प्रदान गरिने कम्पनीले जनाएको छ।

यो अफर नेपालभर रहेका सबै प्रोटोन शोरुमहरूमा लागू हुनेछ, जसले ग्राहकलाई आधुनिक र वातावरणमैत्री सवारी रोज्न सहज बनाउने अपेक्षा गरिएको छ।

सीमित अवधिको यो योजनामार्फत ग्राहकलाई थप मूल्य र भरपर्दो सुविधा दिने जगदम्बा मोटर्सको मुख्य उद्देश्य रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *