Skip to content
ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ४ अर्ब ४० करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
बैंकको यो नाफा गत वर्षको सोही अवधिको तुलनामा २.९३ प्रतिशतले कम हो; गत वर्ष बैंकले ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ८८ करोड ४४ लाख रुपैयाँ रहेको छ भने सञ्चालन नाफामा ६.८२ प्रतिशतको गिरावट देखिएको छ।

बैंकको खराब कर्जा सामान्य घटेर ४.९७ प्रतिशतमा झरेको छ र वितरणयोग्य नाफा ३ अर्ब ५४ लाख रुपैयाँ पुगेको छ।
हाल ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २६ अर्ब ९२ करोड रुपैयाँ सञ्चित छ।
बैंकको प्रतिसेयर आम्दानी १५.४० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७८.५३ रुपैयाँ कायम भएको छ।
ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको संकुचनले गर्दा समग्र नाफामा केही गिरावट आएको वित्तीय विवरणले देखाउँछ।
Post Views: 13