उपत्यकामा अतिक्रमित संरचना हटाउने अभियान

काठमाडौं उपत्यकाका थापाथली, गैरीगाउँ, जडिबुटी र मनोहरा क्षेत्रमा सरकारी जग्गा मिचेर बनाइएका १,२७२ घरटहरा डोजर लगाएर भत्काइएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगरको संयुक्त टोलीले शनिबार र आइतबार चलाएको यस अभियानमा अझै करिब ३८० संरचनाहरू भत्काउन बाँकी रहेका छन्।

थापाथली र मनोहरा क्षेत्रका जोखिमयुक्त वस्तीबाट विस्थापित भएका परिवारहरूलाई महानगरको समन्वयमा राधास्वामी सत्सङ्ग भवन र अन्य सुरक्षित स्थानमा सारिएको छ।

बाढी र पहिरोको जोखिममा रहेका नागरिकलाई प्राथमिकताका साथ स्थानान्तरण गरिएको र सहारा नभएकाहरूका लागि सरकारले खानबस्न आधारभूत सुविधाको प्रबन्ध मिलाएको छ।

वर्षाका कारण आइतबार रोकिएको मनोहरा क्षेत्रको बाँकी संरचना हटाउने कार्य सोमबारदेखि पुनः सुरु गरिने सुरक्षा निकायले जनाएको छ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले पहिलो चरणमा जोखिमयुक्त क्षेत्र खाली गराउने र दोस्रो चरणमा वास्तविक भूमिहीनको पहिचान गरी उचित व्यवस्थापन गर्ने योजना बनाएको छ।

अतिक्रमित जमिन खाली गराउने क्रममा घरबारविहीन भएकाहरूको विवरण संकलन गरी दीर्घकालीन समाधान खोजिने प्राधिकरणको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *