टाटा हिटाची हाइड्रोपावर ग्राहक भेला

दुगड अर्थमुभर्सले टाटा हिटाचीसँगको सहकार्यमा जलविद्युत् क्षेत्रका सरोकारवालाहरूका लागि ‘हाइड्रो पावर कस्टमर मिट’ सम्पन्न गरेको छ।

एमभी दुगड समूहका अध्यक्ष मोतीलाल दुगडले उद्घाटन गरेको यस कार्यक्रममा नेपालका हाइड्रो परियोजनाहरूमा दिगो सहकार्यको आवश्यकता औंल्याइयो।

कार्यक्रममा कार्यकारी निर्देशक शुभम दुगडले समूहको व्यावसायिक योगदान र जयकारा काल्माडीले टाटा हिटाचीको अन्तर्राष्ट्रिय इतिहासबारे जानकारी दिए।

विशेषज्ञ सौरभ गुप्ता र व्यापार प्रमुख निरज सापकोटाले हाइड्रो परियोजनाका लागि उपयुक्त मेसिनहरू, तिनको कार्यक्षमता र फाइदाहरूबारे विस्तृत प्रस्तुति दिएका थिए।

जलविद्युत् आयोजना सञ्चालक र निर्माण व्यवसायीहरूको ठूलो उपस्थिति रहेको यस भेलाले पूर्वाधार विकासमा आधुनिक उपकरणको प्रयोगबारे छलफल गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *