Skip to content
काठमाडौं-तराई द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा ढिलाइ भएपछि राष्ट्रिय योजना आयोगले सुरुमा दुई लेन मात्र सञ्चालन गर्ने प्रस्ताव अगाडि सारेको छ।
पछिल्लो समय थपिएको म्याद २०८३ चैतसम्म पनि आयोजना सम्पन्न हुने नदेखेपछि आयोगले आगामी दुई वर्षभित्र दुई लेन तयार गरी यातायात सुरु गर्ने विकल्प दिएको हो।
आयोगका सदस्य अर्जुनजंग थापाका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति ४६.८८ प्रतिशत मात्र छ, जुन सन्तोषजनक देखिएको छैन।

पटक-पटक विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) परिवर्तन हुनु र जग्गा अधिग्रहणको विवाद नसुल्झिनु ढिलाइको मुख्य कारण मानिएको छ।
आयोगले सुरुङ मार्गको एउटा भाग र पुलहरूको व्यवस्थापन गरेर सुरुमा दुई लेन सञ्चालन गर्न र बाँकी काम विस्तारै अघि बढाउन सुझाव दिएको छ।
दैनिक १० देखि १२ हजार सवारी साधन गुड्ने यस सडकका लागि सुरुमा दुई लेन पर्याप्त हुने प्राविधिकहरूको भनाइ छ।
यस विषयमा सरकार र नेपाली सेनासँग औपचारिक छलफल हुन बाँकी छ भने डुकुछाप-काठमाडौं खण्ड सडक विभागलाई दिने प्रस्ताव पनि गरिएको छ।
Post Views: 17