चितवनमा आगामी वैशाख १७ गतेदेखि सुरु हुने ‘चितवन अटो शो २०२६’ को प्रचारप्रसारका लागि वैशाख १६ गते मोटरसाइकल र्याली आयोजना गरिने भएको छ।
चितवन अटोमोबाइल्स एशोसिएसन र डिलर एशोसिएसनको संयुक्त आयोजनामा हुने यस र्यालीको प्राविधिक व्यवस्थापन हिमालयन राइडर्स र रोयल राइनो राइडर्सले गर्नेछन्।
भरतपुरस्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा वैशाख २१ गतेसम्म चल्ने यस अटो शोमा विभिन्न ब्रान्डका कार, जिप, मोटरसाइकल र पार्टपुर्जाहरू प्रदर्शनमा रहनेछन्।
महिन्द्रा मुख्य प्रायोजक रहेको यस कार्यक्रमलाई एमजी र शेल लुब्रिकेन्ट्सले समेत सहयोग गरेका छन्।
यस प्रदर्शनीले सुस्ताएको अटोमोबाइल व्यवसायलाई चलायमान बनाउन र उपभोक्तालाई नयाँ प्रविधिबारे जानकारी दिन मद्दत पुग्ने आयोजकको विश्वास छ।