मूल्य समायोजनका लागि नयाँ मार्गदर्शन

पश्चिम एसियामा जारी तनावका कारण पेट्रोलियम पदार्थको मूल्य बढेपछि निर्माण कार्यको लागत १० प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ।

लागत वृद्धिका कारण निर्माणाधीन आयोजनाहरू अघि बढाउन कठिन भएपछि भौतिक पूर्वाधार मन्त्रालयले मूल्य समायोजनका लागि नयाँ मार्गदर्शन सिफारिस गरेको छ।

अहिले इन्धन र बिटुमिनको अभाव तथा मूल्यवृद्धिका कारण नागढुंगा-मुग्लिन सडक विस्तार लगायतका धेरै आयोजनाहरूको काम प्रभावित भएको छ।

निर्माण व्यवसायीहरूले पहिले ९८ देखि ११० रुपैयाँमा पाइने बिटुमिनको मूल्य १५० रुपैयाँ नाघेकाले काम स्थगित गर्नुपर्ने अवस्था आएको बताएका छन्।

नेपाल निर्माण व्यवसायी महासंघले अप्रत्याशित मूल्यवृद्धिलाई सम्बोधन गर्न सरकारसँग एकीकृत मूल्य समायोजन विधिको माग गरेको छ।

यसअघि २०६३ सालमा पनि यस्तै समस्या सम्बोधन गर्न विशेष मार्गदर्शन जारी गरिएको उदाहरण दिँदै व्यवसायीले राहतको माग गरेका हुन्।

सरकारले समयमै मूल्य समायोजन नगरे विकास बजेट खर्च हुने मुख्य सिजनमै धेरै आयोजनाहरू ठप्प हुन सक्ने जोखिम देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *