Skip to content
अमेरिकी डलर र चिनियाँ युआनको भाउ बढेसँगै नेपाली बजारमा सवारीसाधनको मूल्य १० प्रतिशतसम्मले महँगिएको छ।
अन्तर्राष्ट्रिय तनावका कारण डलरको भाउ १५० रुपैयाँ र चिनियाँ युआन २२ रुपैयाँ हाराहारी पुगेपछि आयात लागत बढेको हो।
इन्धनको मूल्य वृद्धिले ढुवानी खर्च समेत बढेकाले अटोमोबाइल कम्पनीहरूले गाडीको मूल्य बढाउन बाध्य भएका हुन्।

यसको प्रत्यक्ष असर डिपल एस०५ म्याक्स, एटो ३, र ओमोडा जस्ता चिनियाँ विद्युतीय गाडीका ब्रान्डहरूमा देखिएको छ।
डिपल एस०५ म्याक्सको मूल्य २ लाख रुपैयाँले बढेर करिब ६० लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, बीवाईडीको एटो ३ र ओमोडाका गाडीहरूको मूल्य पनि पछिल्लो समय पटक–पटक वृद्धि भइसकेको छ।
मुद्राको विनिमय दरमा आएको यो उतारचढावले नयाँ गाडी किन्ने तयारीमा रहेका ग्राहकहरूलाई थप आर्थिक भार थपेको छ।
Post Views: 10