चेरी र जेएलआरबीच रणनीतिक साझेदारी

चिनियाँ अटो निर्माता चेरी र बेलायती ब्रान्ड ज्यागुआर ल्यान्ड रोभर (जेएलआर) ले ‘फ्रिल्यान्डर’ लाई स्वतन्त्र विद्युतीय ब्रान्डका रूपमा ल्याउने घोषणा गरेका छन्।

यो सहकार्यमा चेरीको अत्याधुनिक विद्युतीय प्रविधि र जेएलआरको प्रतिष्ठित डिजाइनको सन्तुलित मिश्रण रहने कम्पनीले जनाएको छ।

विगतमा निर्यातमा मात्र सीमित चिनियाँ कम्पनीहरू अब विदेशमै उत्पादन र प्रविधि साझेदारी गर्ने ‘ग्लोबल इकोसिस्टम’ मोडलतर्फ केन्द्रित हुन थालेका छन्।

कुनै समय पश्चिमा देशबाट चीनमा प्रविधि भित्रिने गरेकोमा, अहिले जेएलआरले चेरीको ईभी प्लेटफर्म प्रयोग गर्नुलाई विश्व बजारमा ठूलो परिवर्तन मानिएको छ।

नयाँ फ्रिल्यान्डरका गाडीहरू चीनको चाङ्सुस्थित प्लान्टमा उत्पादन हुनेछन्, जसमा उच्च क्षमताको ब्याट्री र एआई ड्राइभिङ सुविधा रहनेछ।

चेरी विगत दुई दशकदेखि चीनबाट सबैभन्दा बढी कार निर्यात गर्ने कम्पनी हो, जसका उत्पादनहरू ७० भन्दा बढी देशमा उपलब्ध छन्।

नेपाली बजारमा पनि चेरीका ओमोडा, जेइको र आईकार जस्ता विद्युतीय ब्रान्डहरू एसपीजी अटोमोबाइलमार्फत लोकप्रिय बनिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *