Skip to content
टोयोटाको चर्चित स्पोर्ट्स कार जीआर यारिस आधिकारिक रूपमा नेपाली बजारमा भित्रिएको छ।
टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेटले यो शक्तिशाली गाडी नेपाल ल्याएको हो।
यसमा १.६ लिटरको टर्बोचार्ज्ड इन्जिन छ, जसले करिब ३०० हर्सपावर उत्पादन गर्ने क्षमता राख्छ।

यो गाडी विशेष गरी र्याली रेसिङ र उच्च प्रदर्शनलाई ध्यानमा राखेर डिजाइन गरिएको हो।
यसमा ६ गियर म्यानुअल र ८ गियर अटोमेटिक गरी दुईवटा गियरबक्स विकल्प उपलब्ध छन्।
गाडीको भित्री भागमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र आधुनिक सुरक्षा सुविधाहरू जडान गरिएका छन्।
यो कार हलुका तौल र उत्कृष्ट एरोडाइनामिक डिजाइनका कारण चलाउन निकै सहज र सुरक्षित छ।
Post Views: 99