Skip to content
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा वर्षाका कारण सडक हिलो र चिप्लो हुँदा यातायात पूर्ण रूपमा ठप्प भएको छ।
दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर नजिकै सडकमा सवारी साधनहरू फसेकाले आवतजावतमा समस्या आएको प्रहरीले जनाएको छ।
बुधबार दिउँसोदेखि लगातार परेको सिमसिम पानीले गर्दा उकालो बाटोमा गाडीहरू चिप्लिएर लामो जाम लागेको छ।

बुटवल-नारायणगढ सडक विस्तारको काम नसकिएका कारण सामान्य वर्षा हुँदा पनि यो क्षेत्रमा पटक-पटक सडक अवरुद्ध हुने गरेको छ।
यातायात सहज बनाउन अहिले ठूला मालवाहक सवारी साधनहरूलाई अरुणखोला क्षेत्रमै रोकिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
सडक आयोजनाले हिलो भएको ठाउँमा ग्राभेल हालेर बाटो खुलाउने र मर्मत गर्ने प्रयास गरिरहेको बताएको छ।
सडक अवरुद्ध हुँदा सयौँ यात्रुहरू र सवारी साधनहरू बीच बाटोमै अलपत्र परेका छन्।
Post Views: 170